बिहीबार, भदौ ४, २०८३

बन्दसत्रमा बस्न नपाएपछि चउरमा घाम ताप्दै माओवादी प्रतिनिधि

'हलमा बस्ने ठाउँ नपाएपछि बहिर घाम ताप्दै बस्नुपरेको छ। झाँकी र नाच हेर्नुको विकल्प छैन,' महाधिवेशनका लागि आएका प्रतिनिधि केहर सिंहले भने, 'पार्टीले कम्तीमा बस्ने स्थानको व्यवस्था त गर्नुपर्ने थियो। यो त निकै अस्तव्यस्त भयो।'
 |  सोमबार, पुस १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

काठमाडौं- सम्मेलनका लागि प्रतिनिधि चयन गरी महाधिवेशनका कार्यक्रम गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशन अव्यवस्थित हुन पुगेको छ। बस्ने व्यवस्था नहुँदा राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा प्रतिनिधि चुनिएर आएपनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन सुन्न र बन्दसत्रमा सहभागी हुन भने नपाएका हुन्। 

सम्मेलनका लागि माओवादीले करिब १७ सय जना प्रतिनिधि चयन गरेको थियो। सम्मेलनलाई महाधिवेशन कार्यक्रम बनाइएपछि उनीहरू नै महाधिवेशन प्रतिनिधि बने। तर प्रज्ञा भवनको मुख्य हलमा १७ सय जना अट्ने क्षमता छैन। उक्त हलमा बढीमा १३ सय जना मात्र बस्न मिल्छ। हलमा बस्न नपाएपछि प्रतिनिधिहरूले चउरमा घाम ताप्दै बस्नुपरेको छ। 

'हलमा बस्ने ठाउँ नपाएपछि बहिर घाम ताप्दै बस्नुपरेको छ। झाँकी र नाच हेर्नुको विकल्प छैन,' महाधिवेशनका लागि आएका प्रतिनिधि केहर सिंहले भने, 'पार्टीले कम्तीमा बस्ने स्थानको व्यवस्था त गर्नुपर्ने थियो। यो त निकै अस्तव्यस्त भयो।'

महाधिवेशनबाट माओवादीले २९९ जना केन्द्रीय कमिटी सदस्य चयन गर्ने गरी प्रस्ताव गरेको छ। उसले पदाधिकारीमा १५ जनालाई अटाउने प्रस्तावसमेत गरेको छ। महाधिवेशन पुस १५ गतेसम्म चल्ने माओवादीले जानकारी दिएको छ। महाधिवेशनमा अध्यक्ष प्रचण्डको विकल्पबारे बहसशून्य छ।

प्रकाशित: Dec 27, 2021| 15:30 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...