काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यथास्थितिमा एमसीसी सम्झौता पारित नहुने बताएका छन्। पार्टीको ८औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा सोमबार प्रस्तुत राजनीतिक प्रतिवेदनमा दाहालले परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित हुन सक्ने बताए।
दाहालको प्रतिवेदनमा उल्लेख छ, ‘एमसीसी यथा स्थितिमा कुनै हालतमा पारित गरिने छैन। परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति लिइएको छ।’