आइतबार, असार २१, २०८३

नेपाल महिला भलिबलको फाइनलमा

साविक विजेता नेपाल अपराजित रहँदै बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको फाइनलमा प्रवेश गरेको छ।
 |  सोमबार, पुस १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

काठमाडौं– साविक विजेता नेपाल अपराजित रहँदै बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको फाइनलमा प्रवेश गरेको छ। राउन्ड रोविन लिगको अन्तिम खेलमा किर्गिस्तानमाथि सोझो सेटमा जित निकाल्दै नेपालले लगातार दोस्रो संस्करणमा पनि अपराजित रहँदै फाइनलमा स्थान बनाउन सफल भएको हो।

ढाका मिरपुरस्थित साहिद सुरवार्दी इन्डोर स्टेडियममा सोमबार भएको एकपक्षीय खेलमा नेपालले पहिलो सेट २५–८ ले सहजै आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको नेपालले तेस्रो सेट २५–१६ ले जित्न सफल भएको हो।

नेपालले लिग चरणमा श्रीलंकामाथि ३–२ को सेटमा जित निकालेको थियो। त्यसपछि माल्दिभ्स, बंगलादेश र उज्वेकिस्तानलाई समान ३–० को सोझो सेटमा हराएको थियो।


प्रकाशित: Dec 27, 2021| 14:36 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।