काठमाडौं-क्रोएशियाका कप्तान लुका मोड्रिचले यो पल्टको उपाधी रक्षाका लागि आफूहरु तयार रहेको बताएका छन् । उनले आफूहरु नथाकेको बताउँदै उपाधी लिएरमात्र रुसबाट फर्कने दाबी गरे ।
विश्वकप सेमिफाइनलमा इङल्याण्डलाई २-१ ले हराएपछि मोड्रिचको यस्तो भनाई सार्वजनिक भएको हो । सेमिफाइनल खेलमा रियल म्याड्रिडका मिडफिल्डर मोड्रिचले क्रोएशियाले इङल्याण्डलाई मानसिक र शारीरिक रुपमा पछि पारेको बताए । इङल्याण्डले पटक पटक अग्रतलाई दोब्बर पार्ने मौका खेर फालेको थियो ।
‘हामी थाकेका छैनौं भनेर फेरि एकपटक प्रमाणित गरेका छौ । हामीले मानसिक र शारीरिक रुपमा पनि उनीहरुलाई दबाबमा राख्यौं,’ उनले भने, ‘हामीले थप समयमा भन्दा अघि नै नतिजा निकाल्नु पथ्र्यो ।’
क्रोएशिया विश्वकप फाइनल पुग्नुलाई क्रोएशिया खेलकुद इतिहासका लागि महत्वपूर्ण सफलता हो । यो उत्कृष्ट क्षण मध्येको एक हो । यदि क्रोएशिया फाइनलमा पनि सफल भयो भने त्यो अहिले सम्मकै उत्कृष्ट हुनेछ ।
थप समयमा मारियो मान्डुकिजले गोल गरेपछि क्रोएसियाले आइतबार हुने फाइनलका लागि फ्रान्ससँगको भेट पक्का गरेको थियो । खेलअघि गेराथ साउथगेटको इङल्याण्डलाई क्रोएशियामाथि हावी हुने अनुमान गरिएको थियो । क्रोएशियाले सेमिफाइनल अघिका दुई खेल थप समय र पेनाल्टीमा पुगेर दुई पटक जितेकाले पनि इङल्याण्ड हावी हुने अनुमान थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४