बिहीबार, चैत १२, २०८२

क्रोएसियाका लागि 'भगवान' बने प्रशिक्षक ज्लाट्को

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- एक आधुनिक खेल चमत्कार देखाउदै क्रोएशिया विश्वकप फाइनल पुग्यो। ४१ लाख जनसंख्या बाट छानीएका ती २३ खेलाडीले विश्वकपमा हलचल नै माच्चाए।

प्रशिक्षक ज्लाट्को डालिक जब क्रोएसिया आए तब क्रोएसिया टिमले एक सक्षम प्रशिक्षण पाएको प्रमाण विश्व सामु प्रष्ट पारे। ज्लाट्कोको प्रशिक्षण पाएदेखि क्रोएसियाले कुनै खेल गुमाएको छैन। ज्लाट्को विश्वकप क्वालिफाइको मात्र दुई खेल बाँकि रहँदा क्रोएसिया आएका थिए। 

उनी क्रोएसियाका पुर्व प्रशिक्षक एन्टे कासिकको ठाउमा भित्रिएका थिए। क्रोएसियाले विश्वकप क्वालिफाइमा लगातार कमजोर खेल प्रस्तुत गरेपछि एन्टेलाई प्रशिक्षणबाट बर्खास्त गरिएका थिए। त्यसपछि ७ अक्टोवर २०१७ मा ज्लाट्को क्रोएशियाको नयाँ प्रशिक्षकमा नियुक्त भएका थिए। 

उनी प्रशिक्षकमा नियुक्ति भएसँगै क्रोएशियाको खेलमा कायापलटनै भयो। उनी प्रशिक्षक भएको तेस्रो दिन क्रोएशियाले युक्रेनलाई २-० ले पराजित गर्‍यो। त्यही दिन देखि क्रोएशियाले अहिले सम्म दुई मैत्रिपुर्ण खेल बाहेक अन्ये खेलमा हार बेहोरेको छैन।
 
त्यस्तै ९ नोभेम्वरमा ग्रिससँग ४-१ को फराकिलो अन्तरले जित निकाल्दै क्रोएशियाको मनोबल झनै उच्च रह्यो। अन्तिम क्वालिफाइमा पुनः ग्रिससँग गोलरहित बराबरी खेलेपनि पेनाल्टि सुटआउटमा ४-१ ले पराजित गर्दै विश्वकप २०१८ का लागि क्कवालिफाइट भएको थियो। 

जारी विश्वकपको पुर्वसन्ध्यामा खेलेका चार मैत्रिपुर्ण खेल मध्येबाट ब्राजिल र पेरुसँगको खेल गुमाएका थिए। जुन खेलमा क्रोएशिया २-० ले पारजित भएको थियो। त्यसपछि विश्वकप यात्रामा कुनै पनि खेल नगुमाई फाइनल पुगेको छ।
 
ज्लाट्को डालिकको प्रशिक्षणमा भएका खेलहरु

फिफा विश्वकप २०१८ क्वालिफाइ

क्रोएशिया २-० युक्रेन
क्रोएशिया ४-१ ग्रिस
फिफा विश्वकप २०१८ क्वालिफाइ प्लेअफ
क्रोएशिया ०-० ग्रिस (४-१ पेनाल्टी)

मैत्रिपुर्ण खेल

क्रोएशिया ०-२ पेरु
क्रोएशिया १-० मेक्सिको
क्रोएशिया ०-२ ब्राजिल
क्रोएशिया २-१ सेनेगल

जारी विश्वकपमा

क्रोएशिया २-० नाइजेरिया
क्रोएशिया ३-० अर्जेन्टिना
क्रोएशिया २-१ आइसल्याण्ड
क्रोएशिया १-१ डेनमार्क (३-२ पेनाल्टि)
क्रोएशिया २-२ रुस (४-३ पेनाल्टि)
क्रोएशिया २-१ इङल्याण्ड
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।