बिहीबार, भदौ ४, २०८३

एक घण्टा ढिलो सुरु भयो माओवादीको बन्द सत्र

नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी छ।
 |  सोमबार, पुस १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

काठमाडौं– नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी छ।

हिजो आइतबार सुरु भएको महाधिवेशन अन्तर्गत आजबाट बन्द सत्र सुरु हुनेछ। बिहान ११ बजे बन्द सत्र सुरु हुने तय भए पनि एक घण्टा ढिलो गरी १२ बजेमात्र सुरु भएको छ।

बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। अध्यक्ष प्रचण्डले प्रतिवेदन पेस गरिसकेपछि छलफलबाट पारित गर्ने कार्यसूची रहेको छ। विधान संशोधनलगायत विषय पनि बन्दसत्रमा छलफलका लागि पेश गरिने छ। बन्दसत्रमा करिब १६ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी हुनेछन्। 

माओवादीको यो महाधिवेशनले १५ पदाधिकारी र केन्द्रीय सदस्य गरी २९९ सदस्यीय केन्द्रीय समिति बनाउनेछ। एक अध्यक्ष र एक वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीको संख्या १५ बनाउने निर्णय माओवादीले गरेको छ।

आठौं राष्ट्रिय महाधिवेशन सुरु हुनुअघि आइतबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव र ३ सचिव बनाउने निर्णय गरेको थियो।

प्रकाशित: Dec 27, 2021| 12:17 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...