मंगलबार, असार २३, २०८३

ओलम्पिक शीर्षस्थानमा रहन चीन र अमेरिकाको कडा टक्कर

चीनले ३३ स्वर्णसहित २४ रजत र १६ कास्य जितेको छ। कुल ७३ पदक संकलन गर्न सफल चीनभन्दा अमेरिकाले रजत र कास्यमा बढी संकलन गरेको छ। अमिरेकाले २९ स्वर्ण, २३ काश्य र २७ रजत गरी ९० पदक जितेको छ।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

काठमाडौं- टोक्यो ओलम्पिक २०२० अन्तर्गत अहिले चीन सर्वाधिक बढी ३३ स्वर्णका साथ शीर्षस्थानमा छ। यता, दोस्रो स्थानमा रहेको अमेरिकाले सर्वाधिक ९० पदक जितेको छ। त्यसैले अहिले यी दुई टिम शीर्षस्थानको कडा प्रतिस्पर्धामा छन्।

चीनले ३३ स्वर्णसहित २४ रजत र १६ कास्य जितेको छ। कुल ७३ पदक संकलन गर्न सफल चीनभन्दा  अमेरिकाले रजत र कास्यमा बढी संकलन गरेको छ। अमिरेकाले २९ स्वर्ण, २३ काश्य र २७ रजत गरी ९० पदक जितेको छ।

यता तेस्रो स्थानको जापान भने निकै पछि छ। उसले २१ स्वर्ण, ९ रजत र १४ कास्यसहित ४४ पदक जितेको छ। चौथो स्थानमा रहेको अस्ट्रेलियाले १७ स्वर्णसहित ४ रजत र १८ कास्य जितेको छ। १६ स्वर्णसहित ५८ पदक जितेको रुस पाँचौ स्थानमा छ।

जारी ओलम्पिकको शीर्ष १० मा रहेका बाँकी टिममा बेलायत, डेनमार्क, इटली, नेदरल्यान्ड्स र न्युजिल्यान्ड छन्। युकेले १६ स्वर्ण जितेको छ भने इटालीले ९ स्वर्ण जितेको छ।

त्यस्तै, इटाली, नेदरल्यान्ड र न्युजिल्यान्ड्सले समान ७-७ स्वर्ण जितेका छन्।

प्रकाशित: Aug 05, 2021| 21:18 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।