काठमाडौं- काठमाडौंको कागेश्वरीमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ।
कागेश्वरी मनोहरा नगरपालिका-८ शिवचोकमा गएराति १२ बजे वाग्मती प्रदेश ०२-०१७ प ९८२७ नम्बरको मोटरसाइकल नालीमा खस्दा चालक थली बस्ने सिन्धुपाल्चोक बाह्रबिसेका २७ वर्षका राजमान तामाङको ज्यान गएको प्रहरीले जनाएको छ।
प्रहरीकाअनुसार तामाङको नेपाल मेडिकल कजेल अत्तरखेलमा उपचारका क्रममा ज्यान गएको हो।