बिहीबार, भदौ ४, २०८३

आज माओवादीको बन्दसत्र, प्रचण्डले प्रतिवेदन पेश गर्ने

नेकपा माओवादी केन्द्रले आठौं महाधिवेशनअन्तर्गत आज बन्दसत्र चल्ने भएको छ। बिहान ११ बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा बन्दसत्र हुनेछ।
 |  सोमबार, पुस १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रले आठौं महाधिवेशनअन्तर्गत आज बन्दसत्र चल्ने भएको छ। बिहान ११ बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा बन्दसत्र हुनेछ।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। अध्यक्ष प्रचण्डले प्रतिवेदन पेस गरिसकेपछि छलफलबाट पारित गर्ने कार्यसूची रहेको छ। 

विधान संशोधनलगायत विषय पनि बन्दसत्रमा छलफलका लागि पेश गरिने छ। बन्दसत्रमा करिब १६ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी हुनेछन्। 

माओवादीको यो महाधिवेशनले १५ पदाधिकारी र केन्द्रीय सदस्य गरी २९९ सदस्यीय केन्द्रीय समिति बनाउनेछ।

एक अध्यक्ष र एक वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीको संख्या १५ बनाउने निर्णय माओवादीले गरेको छ।

आठौं राष्ट्रिय महाधिवेशन सुरु हुनुअघि आइतबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव र ३ सचिव बनाउने निर्णय गरेको थियो।

प्रकाशित: Dec 27, 2021| 07:33 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...