बिहीबार, भदौ ४, २०८३

मैले आफैँलाई चिरफार गरेको छु : प्रचण्ड

'हामीले गर्न खोजेको आत्मसमीक्षा नै हो। शान्तिप्रक्रियामा आएपछि कहाँ चुक्यौ भन्ने कुरामा आत्मसमीक्षा हुनेछ। यसमा सबैभन्दा बढी मैरै आत्मसमीक्षा छ। प्रतिवेदनमा पनि त्यो कुरा उल्लेख गरेको छु। मैले आफैँलाई चिरफार गरेको छु,' प्रचण्डले भने।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा आफूलाई नै चिरफार गरेको बताएका छन्। आठौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। 

'हामीले गर्न खोजेको आत्मसमीक्षा नै हो। शान्तिप्रक्रियामा आएपछि कहाँ चुक्यौ भन्ने कुरामा आत्मसमीक्षा हुनेछ। यसमा सबैभन्दा बढी मैरै आत्मसमीक्षा छ। प्रतिवेदनमा पनि त्यो कुरा उल्लेख गरेको छु। मैले आफैँलाई चिरफार गरेको छु,' प्रचण्डले भने। 

महाधिवेशनले सबैलाई उत्प्रेरणा दियोस् भन्ने उद्देश्य रहेको उनको भनाइ छ। प्रचण्डले एमालेसँग पार्टी एकता गरी नेकपा बनाएर आफूहरूले गल्ती नगरेको दाबी गरेका थिए। 

'पार्टी एकता गरेर हामीले गल्ती थिएनौँ। फेरि एकपटक आत्मसमीक्षा गरौँ। हामीले गल्ती गरेका थिएनौँ,' उनले भने। सम्बोधनका क्रममा प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाको पनि प्रशंशा गरेका थिए। यसअघि शेरबहादुर देउवाले पनि प्रचण्डको प्रशंशा गरेका थिए। 

प्रकाशित: Dec 26, 2021| 19:08 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...