बिहीबार, भदौ ४, २०८३

संविधानसभाका लागि देउवाले गरे प्रचण्डको प्रशंसा

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले बनेको पाँच दलको गठबन्धन कसैको विरुद्धमा नबनाइएको स्पष्ट पारेका छन्।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

काठमाडौं– नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले बनेको पाँच दलको गठबन्धन कसैको विरुद्धमा नबनाइएको स्पष्ट पारेका छन्।

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री देउवाले मनपरी संसद् विघटन गर्ने कदमविरुद्ध आफूहरु एक भएको बताए। 

उनले भने, ‘अहिलेको गठबन्धन कसैको विरुद्धमा बनाइएको होइन। मन लाग्यो कि संसद् विघटन गरिहाल्‍ने कदम र प्रवृतिविरुद्ध हामी एक भएका हौं।’ उनले प्रचण्डको अगुवाइमा नै संविधानसभामा गएको र मुलुक शान्ति प्रक्रियामा अघि बढेको समेत बताएका छन्। प्रधानमन्‍त्री देउवाले थपे, ‘मुलुकलाई शान्ति प्रक्रियामा लैजानुपर्छ। संविधानसभामा जानुपर्छ भनेर प्रचण्डजीले नै अगुवाइ गर्नुभएको हो।’

प्रधानमन्‍त्री देउवाले अहिलेको संविधान, संघीयता र लोकतन्त्रको रक्षाका लागि आफूहरु एक ठाउँमा उभिनेसमेत बताए। संविधान बनाउन प्रचण्डको भूमिका निकै महत्वपूर्ण भएको भन्दै प्रशंसासमेत गरे। प्रधानमन्त्री देउवाले एमसीसी पास गर्नुपर्ने समेत बताए। भने, ‘म प्रधानमन्त्री हुँ, राष्ट्रहित विपरीत काम गर्छु र? एमसीसीको विरोध गर्नेहरुले सम्झौता पढेका छन् कि छैनन् भन्‍ने शंका लागेको छ।’

उनले माओवादीको महाधिवेशन सफलताको शुभकामना पनि दिए। उनले भने, ‘माओवादीको यो महाधिवेशन निकै महत्वपूर्ण छ। सहमति हुनु राम्रो कुरा हो। अर्काको पार्टीमा धेरै जान्‍ने हुने कुरा छैन।’

प्रकाशित: Dec 26, 2021| 18:41 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...