बिहीबार, भदौ ४, २०८३

देउवाको नाम लिँदै पुस्तान्तरणप्रति मातृकाको व्यंग्यवाण

नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले पुस्तान्तरणप्रति व्यंग्य प्रहार गरेके छन्। प्रज्ञा प्रतिष्ठानमा जारी माओवादी महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो व्यंग्य प्रहार गरेका हुन्।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले पुस्तान्तरणप्रति व्यंग्य प्रहार गरेके छन्। प्रज्ञा प्रतिष्ठानमा जारी माओवादी महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो व्यंग्य प्रहार गरेका हुन्। 

'अहिले चलेको छ के पुस्तान्तरण। स्थापित नेताहरूलाई पाखा लगाइदिने, युवालाई नेतृत्व दिने। यो कुरा गर्ने बित्तिकै देउवाजी खुशी भइहाल्नुहुन्छ। केही नजान्नेहरुलाई नेता बनाइदिने। हामीले त सबै अभ्यास गर्‍यौँ। तर पुस्तान्तरणले मात्र केही हुँदैन,' यादवले भने, 'स्थापितलाई हटाएर नयाँ ल्याउने शैली पुँजीवादी शैली हो।' 

उनले सामाजिक अन्तरविरोधलाई बुझेका व्यक्तिहरू नेतृत्वमा रहनुपर्ने उल्लेख गरे। 'मुख्य कुरा के हो भने सामाजिक अन्तरविरोधलाई कसले बुझ्यो र हल गर्ने बाटो कसले दियो भन्नेले क्रान्तिको बाटो तय गर्छ। त्यसैले फेस र एजले हुँदैन,' उनको भनाइ छ।  

क्रान्तिलाई बीचमै छोड्न नपाइने भन्दै उनले प्रचण्डको विकल्प पार्टीमा नरहेको संकेत गरे। 'धर पाइन्छ? धर पाइदैन। क्रान्तिलाई बीचमा छोडेर कोही गएको छ र? अवसरवादी मात्र त्यसरी जान्छ। क्रान्तिकारी त्यो हुन्छ जो जीवनको अन्तिम क्षणसम्म पनि गइरहन्छ,' यादवको भनाइ छ। 

नेता यादवले केपी शर्मा ओलीकै कारण नेकता एकता टिक्न नसकेको समेत आरोप लगाएका थिए। 

प्रकाशित: Dec 26, 2021| 18:20 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...