सोमबार, फागुन २५, २०८२

काबुलमा पासपोर्ट जारी प्रक्रिया रोकियो

तालिबानले शनिबारदेखि काबुलमा आवेदकहरूलाई पासपोर्ट जारी गर्ने प्रक्रिया स्थगित गरेको छ।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

काबुल- तालिबानले शनिबारदेखि काबुलमा आवेदकहरूलाई पासपोर्ट जारी गर्ने प्रक्रिया स्थगित गरेको छ। 

National life

केन्द्रीय पासपोर्ट विभागका प्रवक्ता शाफिउल्ला तासालले अफगान समाचार संस्था पाजोकलाई आन्तरिक मामिला मन्त्रालयको निर्देशनअनुसार राजधानीमा तत्कालका लागि पासपोर्ट वितरण रोकिएको पुष्टि गरेका हुन्।

उनले भने, 'सरकारले शनिबारदेखि काबुलबाट पासपोर्ट वितरण गर्ने काम अर्को सूचना नभएसम्मका लागि रोक्ने निर्णय गरेको छ।' अन्य प्रान्तमा भने पासपोर्ट वितरणको प्रक्रिया नरोकिने उहाँले बताउनुभएको पाजोक अफगान न्युजले जनाएको छ। यसअघि तालिबानले अफगान पासपोर्ट आवेदकहरूले भीडलाई व्यवस्थित गर्न अनलाइन आवेदनको व्यवस्था गर्न लागिएको पनि जनाएको थियो।

 अगस्तको मध्यतिर अशरफ गनीको पलायनपछि र तालिबानको नेतृत्वमा ‘इस्लामिक रिपब्लिक अफ अफगानिस्तान’ घोषणा गरिएपछि धेरै अफगानीहरू आफ्नो सुरक्षाको कारण देखाउँदै अफगानिस्तान छोड्न चाहेको  बताएका थिए। 

तालिवान समूहले पूरानो सत्ता र नयाँ सत्ताको आभास नहुने गरी सबैसँग सहकार्य गर्दै न्योचितरूपमा शासन सत्ता समाल्ने बताए पनि उनीहरूको भनाइ र कार्यशैलीमा भिन्नता रहेको बताउँदै विदेश पलायन हुने नागरिकको सङ्ख्या उल्लेख्य रहेको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 26, 2021| 22:05 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।