आइतबार, असार २१, २०८३

नेपाली महिला टिम सेन्ट्रल जोन भलिबलको फाइनलमा

साविक विजेता नेपाली राष्ट्रिय महिला टोलीले उज्वेकिस्तानलाई सोझो सेटमा हराउँदै एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यम्पियनसिपको फाइनलमा पुगेको छ।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

काठमाडौं– साविक विजेता नेपाली राष्ट्रिय महिला टोलीले उज्वेकिस्तानलाई सोझो सेटमा हराउँदै एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यम्पियनसिपको फाइनलमा पुगेको छ। 

बंगलादेशको ढाकामा जारी प्रतियोगितामा अपराजित दुई टोलीबीचको खेलमा नेपालले उज्वेकिस्तानलाई २५–२०, २५–२३ र २५–१४ को सेटमा हराएको हो। साविक विजेता नेपाली टोलीले यसअघि श्रीलंकालाई ३–२, बंगलादेश र माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै प्रतियोगिताका लगातार चौथो जित निकालेको हो। 

नेपाल चार खेलबाट ११ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। नेपालले सोमबार किर्गिस्तानको सामना गर्नेछ। खेल दिउँसो ११ः१५ मा हुनेछ। उज्वेकिस्तानको यो पहिलो हार हो। प्रतियोगितामा उज्वेकिस्तानले माल्दिभ्स, बंगलादेश र किर्गिस्तानलाई सोझो सेटमा हराएको थियो। उज्वेकिस्तानले समान चार खेलमा ९ अंक र श्रीलंकाले १० अंक बनाएको छ। 

सोमबार श्रीलंका र उज्वेकिस्तानको विजेताले फाइनलमा उपाधिका लागि नेपालसँग प्रतिस्पर्धा गर्नेछ। श्रीलंका र उज्वेकिस्तानको खेल बिहान ९ः१५ मा हुनेछ। प्रतियोगिताको फाइनल खेल मंगलबार हुनेछ। 

बिहीबारदेखि ढाकास्थित शहीद सुरावर्दी कभर्डहलमा जारी प्रतियोगितामा महिलातर्फ साविक विजेता नेपालसहित आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, उज्वेकिस्तान र श्रीलंकाको टोली सहभागी छन्।

प्रकाशित: Dec 26, 2021| 16:28 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।