शनिबार, माघ ३, २०८२

लगातार अपराजित संकटालाई लय कायम राख्न चुनौती

संकटाले पहिलो खेल हिमालयन शेर्पासँग १–१ गोलको बराबरी खेलेको थियो। त्यस्तै, उसले दोस्रो खेलमा फ्रेन्ड्सलाई २–१ गोलले हरायो। मनाङसँग २–२ गोलको बराबरीमा रोकिएको संकटाले पुलिसमाथि १–० गोलको जित निकाल्यो। उसले पछिल्लो खेलमा मछिन्द्रसँग गोलरहित बराबरी खेलेको थियो।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगको ४० औं खेलमा संकटा क्लबले ब्रिगेड बोइज क्लब (बीबीसी) माथि ३–० गोलको सहज जित निकालेको छ। दशरथ रंगशालामा आइतबार दिउँसो सम्पन्न खेलमा संकटाले जित निकालेसँगै ऊ जारी लिगमा अपराजित छ।

National life

यो बराबरीले उसलाई शीर्ष तीनमा पुर्याएको छ। औसत खेलाडीका साथ लिगमा होमिएको संकटा अहिले आर्मी, पुलिस, थ्रिस्टारलगायतका बलियो क्लबभन्दा अघि छ। उसले लिगमा सोचेभन्दा राम्रो प्रदर्शन गरिरहेको छ।

संकटालाई यो लय कामय राख्न कत्तिको चुनौती छ? जवाफमा प्रशिक्षक विष्णु गुरुङ भन्छन्, ‘संकटाको लक्ष्य भनेको शीर्ष तीन नै हो। अघि बढ्दै गएपछि शीर्ष तीनमा पुग्ने लक्ष्य राखेको छ। अहिले जहाँ पुगेका छौं, त्यसले मानसिक रुपमा दबाब चाहिँ बढाउँछ। यो लयमा कायम रहन गाह्रो पनि छ। मेरो पहिलो वर्ष हो, म धेरै खुसी पनि छु।’

संकटाले पहिलो खेल हिमालयन शेर्पासँग १–१ गोलको बराबरी खेलेको थियो। त्यस्तै, उसले दोस्रो खेलमा फ्रेन्ड्सलाई २–१ गोलले हरायो। मनाङसँग २–२ गोलको बराबरीमा रोकिएको संकटाले पुलिसमाथि १–० गोलको जित निकाल्यो। उसले पछिल्लो खेलमा मछिन्द्रसँग गोलरहित बराबरी खेलेको थियो।

आइतबारको खेलमा संकटालाई जित दिलाउन उत्तम राईले दुई गोल गरे भने लक्ष्मण रुचालले एक गोल गरे। ‘आजको खेल सहज थियो। रुडिगर नखेल्दा सहज भयो। फर्मेसन परिवर्तन गरेर खेलेको हो। बीबीसीले अवसर बनाए पनि लक्ष्यमा राख्न सकेन। दोस्रो हाफमा पोसेसन राखेर खेल्यौं,’ गुरुङले भने।

Laxmi sunrise bank
kumari

उत्तम राईले खेलको १३ औं मिनेटमा जोडर्न जुयनरको पासमा गोल गरेका हुन्। जुयनरले दिएको बललाई हेडसमार्फत राईले बीबीसीको पोस्टमा छिराएका थिए। यससँगै विष्णु गुरुङको टिमले अग्रता बनाएको हो।

खेलको २८ औं मिनेटमा फोडे फोफानाले मैदानको बायाँबाट गरेको क्रसलाई नियन्त्रणमा लिँदै उत्तमले टोलीको अग्रता दोब्बर बनाए। यो वर्ष मात्र ए डिभिजन लिगमा डेब्यू गरेका प्रशिक्षक गुरुङको टिमका लागि लिगमा राईको यो तेस्रो गोल थियो।

पहिलो हाफको सुरुबाटै दबाबमा आएको बीबीसीले पहिलो हाफमा गोल गर्न मात्र नसकेको होइन, उसले गोलको अवसर पनि बनाउन सकेन। उसो त संकटाविरुद्ध जितको लक्ष्य राखे पनि कम्तिमा एक अंक बटुल्ने बीबीसीको दाउ थियो। त्यसैले उसले आजको खेलमा आक्रामक भन्दा पनि रक्षात्मक खेल्यो।

संकटाले पहिलो खेल हिमालयन शेर्पासँग १–१ गोलको बराबरी खेलेको थियो। त्यस्तै, उसले दोस्रो खेलमा फ्रेन्ड्सलाई २–१ गोलले हरायो। मनाङसँग २–२ गोलको बराबरीमा रोकिएको संकटाले पुलिसमाथि १–० गोलको जित निकाल्यो। उसले पछिल्लो खेलमा मछिन्द्रसँग गोलरहित बराबरी खेलेको थियो।

खेलअघि बीबीसीका सहायक प्रशिक्षक समिर विष्टले एक अंक भए पनि जित जत्तिकै हुने बताएका थिए। तर उनले बराबरी पनि गर्न सकेनन्। बरु पहिलो हाफको ३९ औैं मिनेटमा संकटाले अर्को गोल थप्यो। उत्तम राईबाट बचाउने दाउमा डिफेन्डर रन्दिप पौडेल क्लियर गरेको बल लक्ष्मण रुचालले पेनाल्टी बक्सको कुना नजिकैबाट पोस्टतर्फ प्रहार गरेका थिए।

उनको प्रहार नजिकै रहेका बीबीसीका रमेश कुमार राजवंशीले बचाउन सकेनन्। गोलकिपर पूर्ण लिम्बू चेम्जोङ अघि बढिसकेको अवस्थामा रुचालले गोल गरेका थिए। पहिलो हाफमै तीन गोलको अग्रता बनाएको संकटाले दोस्रो हाफमा गोल गर्न सकेनन्।

संकटा प्रशिक्षक विष्णु गुरुङले अन्तिममा भने, ‘केटाहरुले प्रदर्शनमा चाहिँ सुधार गर्न सक्छन्। दोस्रो हाफमा बीबीसीमाथि अवसर बनायौं, तर स्कोर भएन। हाम्रो मनोबल गिरेको थियो। पहिलो हाफमा तीन स्कोर निस्कियो तर दोस्रो हाफमा निस्किएन।’

दोस्रो हाफमा बीबीसीले पनि केही अवसर त सिर्जना गर्यो तर गोल गर्न असमर्थ रह्यो। उसले अन्तिम मिनेटमा पाएको कर्नरको अवसरमा पनि लोभलाग्दो मुभ बनाउन सकेन। बीबीसीका खेलाडी अट्याकिङ थर्डमा कमजोर सावित भए। यससँगै उसले लिगमा पछिल्ला पाँच खेलमा जित निकाल्न सकेको छैन।

बीबीसी प्रशिक्षक सनोज श्रेष्ठले डिफेन्सिभ एररले गर्दा गोल खाएको बताएका छन्। उनले भने, ‘खेलमा चाहिँ गेमको मोमेन्टमको कुरा गर्दा सुरुमै गोल भयो। अफसाइड पनि थियो। दोस्रो र तेस्रो पनि डिफेन्सको साधारण एररले गर्दा गोल भयो। हामीले त्यसरी तीन गोल खायौं।’

आजको जितसँगै संकटाले लिगमा १२ अंक बनाएको छ। उसले छ खेलमा तीन बराबरी र तीन जितका साथ १२ अंक बनाएको हो। आजको गोलसँगै उत्तम राईले तीन गोल गरेका छन्। त्यस्तै निरज बस्नेतले पनि तीन गोल गरिसकेका छन्। लक्ष्मणले पनि जारी लिगमा दोस्रो गोल गरे।

यता पाँच अंक बनाएको बीबीसीले लगातार पाँच खेलसम्म जित निकाल्न सकेको छैन। आधा लिग सकिँदा उसले सहज प्रतिदव्न्दीसँग खेलेको छ। उसले पहिलो खेलमा एपीएफलाई हराएपछि जित निकाल्न सकेको छैन। बाँकी सात खेलमा पनि उसले अब मछिन्द्र, मनाङ, पुलिस, सातदोबाटोलगायत क्लबसँग खेल्न बाँकी नै छ।

सनोजले आज खेलाडी परिवर्तन गरेपछि दोस्रो हाफ राम्रो खेलेको बताएका छन्। उनले भने, ‘हामीले पछि सब्स्टिच्युट गरेपछि दोस्रो हाफमा चाहिँ ठिकै भयो। एक अंक लिन सकेको भए आज अवस्थामा केहि सहज हुन्थ्यो। अब त रेलिगेसन जोनमा जाने सम्भावना बढेको छ। अब अर्को खेल मनाङसँग छ। त्यो खेलमा पनि हामीलाई दबाब नै हुन्छ। आज डबल यल्लोका कारण हामीलाई खेलाडी खड्कियो।’ प्रशिक्षक श्रेष्ठले साउथ एसियन कोटा बाँकी रहेका कारण खेलाडी थप्ने बताएका छन्। नयाँ खेलाडी मनाङसँगको खेलमा आइपुग्ने गरी थप्ने तयारी भइरहेको उनले बताए।


प्रकाशित: Dec 26, 2021| 16:11 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।