शनिबार, माघ ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रदेश १ लाई हराउँदै एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि

प्रदेश १ लाई हराउँदै एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि

प्रधामन्त्री कप राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम एपीएफले जितेको छ।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

काठमाडौं– प्रधामन्त्री कप राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम एपीएफले जितेको छ। धनगढीको फाप्ला क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा ६८ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफले १४ ओभर दुई बल खेल्दै उपाधि जितेको हो।

National life

एपीएफले प्रदेश नम्बर १ लाई ७ विकेटले हराउँदै उपाधि जितेको हो। उपाधि जितेसँगै एपीएफले ५ लाख र उपविजेता बनेको प्रदेश एकले ३ लाख पुरस्कार पाउनेछन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश नम्बर १ ले पूरा ओभर खेल्दै ६ विकेट गुमाएर ६७ रन बनाएको थियो। प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३४ रन बनाइन् भने काजल श्रेष्ठ, अप्सरी बेगम, सबनम राई र स्मृति कटुवालले क्रमशः ४, ११, ३ र ६ रन जोडे।

बलिङतर्फ एपीएफकी रेखा रावलले दुई विकेट गिराउँदा सोनु खड्का र शुस्मा श्रेष्ठले समान १–१ विकेट गिराए। जवाफमा एपीएफले तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो। एपीएफकी ज्योति पाण्डेले सानदार ब्याटिङ गर्दै एपीएफलाई जित दिलाइन्। उनले  ३९ बलमा ३६ रन बनाइन्। त्यस्तै, इन्दू वर्माले ५, रोमा थापाले ४ र ममता चौधरीले १९ रन जोडिन्।

प्रदेश एककी कप्तान रुविना क्षेत्रीले तीन विकेट गिराइन्। पछिल्लो सिजन पनि एपीएफ र प्रदेश १ फाइनल पुगेका थिए। लमही मैदानमा सम्पन्न त्यो प्रतियोगितामा प्रदेश १ ले पहिलो पटक जितेको थियो। उसले यो वर्ष उपाधि रक्षा गर्ने लक्ष्य लिए पनि सफल हुन सके। त्यसअघिको सिजन भने एपीएफले जितेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 26, 2021| 13:27 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।