बिहीबार, भदौ ४, २०८३

पदाधिकारीको संख्या बढायो माओवादीले

नेकपा (माओवादी केन्द्र)मा पदाधिकारीको संख्या १५ हुने भएको छ।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

काठमाडौं– नेकपा (माओवादी केन्द्र)मा पदाधिकारीको संख्या १५ हुने भएको छ। एक अध्यक्ष र एक वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीको संख्या १५ बनाउने निर्णय माओवादीले गरेको हो।

आठौं राष्ट्रिय महाधिवेशन सुरु हुनुअघि आइतबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव र ३ सचिव बनाउने निर्णय गरेको हो।

बैठकले आइतबार र सोमबारका लागि तय भएको महाधिवेशनको समय मंगलबारसम्म लम्ब्याउने निर्णय पनि गरेको छ। महाधिवेशन उद्घाटन आज दिउँसो ३ बजे प्रज्ञा भवन कमलादीमा हुँदैछ। 

महाधिवेशनमा १ हजार ६३१ जना सहभागी हुने भएका छन्। नियमित प्रक्रियाबाट छानिएका १ हजार ४८३ र मनोनीत १४८ गरी यो संख्यामा सहभागिता रहने माओवादीले जनाएको छ। माओवादीले यसभन्दा अगाडि पाँच प्रतिशत प्रतिनिधिमात्रै मनोनयन गर्ने बताएको थियो। यसलाई शुक्रबारको स्थायी कमिटी बैठकले १० प्रतिशत बनाएको छ। आयोजक समितिबाट १७९ सहभागी हुनेछन्।

सल्लाहकारबाट १४९, ज्येष्ठ कम्युनिस्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन्। प्रदेश १ बाट ९६, प्रदेश २ बाट १०६, बागमतीबाट १२८, गण्डकीबाट ७४, लुम्बिनीबाट १०५, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४, प्रवासबाट ३४, विशेषबाट ४२ र सम्पर्क समन्वय प्रदेशबाट ८३ जना सहभागी हुने व्यवस्था गरिएको छ।

माओवादीले पहिलोपटक केन्द्रीय समितिमा महिला, दलित, जनजाति, आदिवासी समुदायलाई विशेष भूमिकासहित जिम्मेवारी दिने भएको छ। महिलालाई अनिवार्यरूपमा ३५ प्रतिशत बराबरको हिस्सा छुट्याइएको छ।

माओवादीले गत मङ्सिर ४ गतेदेखि पार्टीको वडा सम्मेलन गरेको थियो। त्यसका लागि पार्टीको तर्फबाट विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा निर्वाचन आयोग सक्रिय थियो। आयोगका प्रतिनिधिसहितको उपस्थितिमा माओवादीले ११ मङ्सिरमा देशभरका पालिका सम्मेलन आयोजना गरको थियो। प्रदेश २ का केही पालिकामा बाहेक झण्डै ९८ प्रतिशत पालिकामा नयाँ नेतृत्व चयन भएको छ। गत मङ्सिर २५ गते प्रदेश सम्मेलनको आयोजना गरिएको थियो। 

प्रकाशित: Dec 26, 2021| 11:26 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...