शनिबार, माघ ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पोखरामा आजदेखि माछापुच्छ्रे खुला टेनिस प्रतियोगिता, कमल थापा पनि भिड्ने

पोखरामा आजदेखि माछापुच्छ्रे खुला टेनिस प्रतियोगिता, कमल थापा पनि भिड्ने

पोखरामा आजदेखि १८औं संस्करणको माछापुच्छ्रे खुला टेनिस प्रतियोगिता हुँदैछ।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

पोखरा- पोखरामा आजदेखि १८औं संस्करणको माछापुच्छ्रे खुला टेनिस प्रतियोगिता हुँदैछ। पोखरा रंगशालामा हुने प्रतियोगितामा महिला र पुरुष खुलासहित भेट्रान्स इभेण्ट हुनेछ। कास्की जिल्ला टेनिस संघको आयोजनामा हरेक वर्ष प्रतियोगिता हुँदै आएकोमा गत वर्ष कोरोना संक्रमणका कारण रोकिएको थियो। रंगशालाभित्रका ६ वटा टेनिस कोर्टमा प्रतिस्पर्धा हुने आयोजकले बताएको छ।

National life

महिला पुरुषको खुलाबाहेक पुरुषतर्फ ३५ वर्षमाथिको एकल र डबल्स, ४५ वर्षमाथिको एकल र डबल्स, ५५ वर्षमाथिको उमेर समूहको एकल र डबल्स र ६५ वर्षमाथिको उमेर समूहको एकल गरी ११ इभेण्टमा प्रतिस्पर्धा हुने टेनिस संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक नविन चालिसेले जानकारी दिए।

पुरुष एकलतर्फ १६ जना, डबल्सतर्फ ९ समूहको प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ एकलमा १२ जना र डबल्सतर्फ ७ टोलीले प्रतिस्पर्धा गर्ने छन्। उमेर समूहतर्फ ३५ वर्षमाथिको उमेर समूहको एकलतर्फ २१ जना र डबल्सतर्फ १३ टिमले प्रतिस्पर्धा गर्ने छ। ४५ वर्षमाथिको उमेर समूहमा एकलतर्फ ३२ जना र डबल्सतर्फ २१ टिमको सहभागिता रहने आयोजकले जनाएको छ।

त्यस्तै ५५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा १५ जना एकलतर्फ र १३ टिम डबल्सतर्फ प्रतिस्पर्धा गर्ने छन्। ६५ वर्षमाथिको उमेर समूहमा भने ८ जनाले प्रतिस्पर्धा गर्ने छन्। राप्रपाका पूर्वअध्यक्ष कमल थापा पनि प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएको छ। प्रतियोगिताका विजेताले ८० हजार र उपविजेतालाई ४० हजार नगद पुरस्कार छ। डबल्सतर्फका विजेताले नगद ३० हजार र उपविजेताले १५ हजार एवं सेमिफाइनलिष्टले १० हजार प्राप्त गर्ने छन्। उमेर समूहअन्तर्गत ३५ वर्षमाथिको उमेर समूह विजेतालाई एकलतर्फ ६० हजार र उपविजेतालाई ३० हजार नगद पाउँदा डबल्सतर्फ २० र १० हजार पुरस्कार छ।

४५ वर्षमाथिको उमेर समूहको एकलतर्फ ४० हजार र उपविजेताले २० हजार, डबल्सतर्फ विजेतालाई २० र उपविजेतालाई १० तथा ५५ वर्षमाथिका एकल विजेताले ३० हजार र उपविजेताले २०, डबल्सतर्फ विजेताले २० र उपविजेताले १० हजार पुरस्कार पाउँछन्। ६५ वर्षमाथि भने समूह विजेतालाई १० हजार पुरस्कार छ। सबै इभेण्टमा सेमिफाइनल खेल्ने सबैलाई १० हजार नगद उपलब्ध गराइने चालिसेले बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 26, 2021| 09:25 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।