आइतबार, असार २१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • सेन्ट्रल जोन भलिबलमा नेपालले उज्बेकिस्तान र माल्दिभ्सको सामना गर्दै

सेन्ट्रल जोन भलिबलमा नेपालले उज्बेकिस्तान र माल्दिभ्सको सामना गर्दै

बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन भलिबल पुरुष तथा महिला च्यालेन्ज कपमा आइतबार नेपाली महिला टिमले उज्बेकिस्तान सामना गर्दैछ।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

काठमाडौं– बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन भलिबल पुरुष तथा महिला च्यालेन्ज कपमा आइतबार नेपाली महिला टिमले उज्बेकिस्तान सामना गर्दैछ। त्यस्तै, नेपाली पुरुष टिमले भने आज माल्दिभ्ससँग खेल्दैछ।

उज्बकिस्तानविरुद्ध नेपालको खेल भने आज सवा १ बजेबाट सुरु हुनेछ। अहिलेसम्म नेपाली महिला टिम प्रतियोगितामा अपराजित छ। नेपालले श्रीलंका, माल्दिभ्स र बंगलादेशलाई हराइसकेको छ।

त्यसैले उच्च मनोबलका साथ नेपाली टिम आज उज्बेकिस्तान हराउने दाउमा हुनेछ।

त्यस्तै, नेपालको पुरुष टिमले आजै ३ः४५ बजे माल्दिभ्सको सामना गर्नेछ। माल्दिभ्सविरुद्ध जित निकाल्नु नेपालका लागि महत्त्वपूर्ण छ। किनभने नेपालले यसअघि नै बंगालादेश र श्रीलंकासँग हार बेहोरिसकेको छ।

त्यसैले, आजको खेलमा जित निकाल्दै नेपाल अंकतालिकामा स्थान सुधार गर्न चाहन्छ।

राउन्ड रोविनको आधारमा हुने समूह चरणको खेलपछि शीर्ष दुई स्थानको टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछ भने तेस्रो र चौथो हुनेले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ।

नेपाली महिला टिमको लक्ष्य उपाधि रक्षा गर्ने रहेको छ भने पुरुष टिमको लक्ष्य मेडल लिएर आउने रहेको छ।

प्रकाशित: Dec 26, 2021| 08:30 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।