आइतबार, असार २१, २०८३

ए डिभिजन लिगमा : आर्मी र थ्रिस्टार भिड्दै

सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार एक बजेबाट सुरु हुने खेलमा संकटा क्लबले ब्रिगेड बोइज (बिबिसी) क्लबको सामना गर्नेछ।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार एक बजेबाट सुरु हुने खेलमा संकटा क्लबले ब्रिगेड बोइज (बिबिसी) क्लबको सामना गर्नेछ।

त्यस्तै, पौने पाँच बजेबाट सुरु हुने खेलमा भने थ्रिस्टार क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ। ‘आर्मी र थ्रिस्टारबीचको खेल लिगमा प्रतिष्ठाको लडाइँसमेत रहेको आर्मीका प्रशिक्षक नवीन न्यौपाने बताउँछन्। उनले भने, ‘हामीलाई इन्ज्युरीले सताइरहेको छ। त्यसैले हामीले पछिल्लो खेलमा सातदोबाटोसँग पाएका अवसरहरूको पनि सदुपयोग गर्न सकेनौ।’

त्यस्तै, आर्मीका लागि एएफसी कपको बाटो पनि लगभग सकिएको प्रशिक्षक न्यौपानेले बताएका छन्। तर उनले आर्मी लिग च्याम्पिनका बाटोमा हिँडेको बताएका छन्। ‘आज थ्रिस्टारसँग अंक जोड्न सकियो भने फेरि खेलाडीको मोरल हाई हुन्छ र माथि जान सकिन्छ,’ उनले भने, ‘हामी अवसर बनाउने र अवसरलाई सदुपयोग तयारी गरेका छौं।’

यता थ्रिस्टारका सहायक प्रशिक्षक रवीन्द्र सिलाकारले आफ्नो मिडफिल्ड हेभी बनाएर खेल्ने बताएका छन्। ‘आर्मीको मिडफिल्ड राम्रो छ।  अफेन्सिभ थर्डमा हाम्रो मेहेनेत राम्रो छ। हामीले अहिले जोड दिएको नै मिडफिल्डलाई हो,’ उनले भने।

सिलाकारले आर्मीको टिमको फरवार्ड आफ्नो टिमका लागि खतरा हुने बताएका छन्। लिगमा अहिले आर्मी तेस्रो स्थानमा छ भने थ्रिस्टार क्लब आठौं स्थानमा छ।

त्यस्तै, आज एक बजेको खेलमा चौथो स्थानको संकटासँग दसौँ स्थानको बिबिसीले भिड्दैछ। एक अंक पाए पनि राम्रो हुने बिबिसीका सहायक प्रशिक्षक समीर विष्ट बताउँछन्।

प्रकाशित: Dec 26, 2021| 08:20 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।