आइतबार, असार २१, २०८३

सिद्धार्थ बैंकलाई कामना सेवा फुटसलको उपाधि

कामना सेवा फुटसलको उपाधि सिद्धार्थ बैंकले जितेको छ । शनिबार हाँडीगाउँस्थित धन्यन्तरी फुटसल मैदानमा भएको फाइनल खेलमा माछापुच्छ्रे बैंकलाई हराउँदै सिद्धार्थले उपाधि जितेको हो ।
 |  शनिबार, पुस १०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १०, २०७८

काठमाडौं- कामना सेवा फुटसलको उपाधि सिद्धार्थ बैंकले जितेको छ । शनिबार हाँडीगाउँस्थित धन्यन्तरी फुटसल मैदानमा भएको फाइनल खेलमा माछापुच्छ्रे बैंकलाई हराउँदै सिद्धार्थले उपाधि जितेको हो। 

फाइनल खेलको निर्धारित समय दुई दुई गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा भएको थियो। निर्धारित समयमा सिद्धार्थको तर्फबाट भाष्कर देवकोटा र राजु श्रेष्ठले गोल गरेका थिए। माछापुच्छ्रेका तर्फबाट अभय राना र सञ्जय राना मगरले गोल गरेका थिए । टाइब्रेकरमा सिद्धार्थ दुई एकले विजयी बन्यो। 

उपाधिसँगै सिद्धार्थले ट्रफी, मेडल, प्रमाणपत्र र उत्कृष्ट गिफ्टह्याम्पर प्राप्त गर्यो। 

प्रतियोगितामा माछापुच्छ्रेका निकेश केसी उत्कृष्ट गोलकिपर ठहरीए। सिद्धार्थका शान्ति राम कार्की सर्वाधिक गोलकर्ता र सिद्धार्थकै भाष्कर देवकोटा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए। विधागत तर्फका तीनै जना खेलाडीले टफी सहित गिफ्टह्याम्पटर प्राप्त गरे।  

प्रतियोगिताका विजेतालाई प्रमुख अतिथीको रुपमा एन्फा अध्यक्ष कर्माछिरिन शेर्पा, कामना सेवाका सञ्चालक विश्वेश्वर सुवेदी, नेपाल पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोबिन्द भट्टराई, बैंकका निमित्त कार्यकारी प्रमुख हरि प्रसाद लम्साल लगायतले मेडल, टफी सहित प्रमाणपत्र हस्तान्तरण गरेका थिए। 

कामना सेवा विकास बैंकले आयोजना गरेको प्रतियोगितालाई खेलपाटीको व्यवस्थापनमा भएको थियो। प्रतियोगितामा अखिल नेपाल फुटबल संघ एन्फाको फुटसल कमिटीले सहकार्य गरेको थियो। 

प्रकाशित: Dec 25, 2021| 20:44 शनिबार, पुस १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।