काठमाडौं- दश हजार दशर्कमाझ सहिद स्मारक ए डिभिजन लिगको ३९ औं खेल शनिबार सम्पन्न हुँदा मछिन्द्र क्लबले मनाङ-मर्स्याङ्दी क्लबलाई १–० गोलअन्तरले हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी लिगकै सबैभन्दा धेरै दर्शकको उपस्थिति भएको खेलमा जित निकाल्दै मछिन्द्रले तीन अंक जितेको छ भने मनाङले अंक जित्न सकेन।
लिगमा यो संख्यामा दर्शक २०७५ सालयताकै धेरै हो। खेलमा बराबरी गरेपछि अंक तालिकामा मनाङले १३ अंकमा चित्त बुझाएको छ भने दोस्रो स्थानमा रहेको मछिन्द्र १४ अंक बनाउँदै शीर्षस्थानमा उक्लिएको छ।
जितपछि मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवालले जितले आफूलाई खुसी बनाएको बताएका छन्। उनले भने, 'टप टिमसँग खेल थियो। हाम्रो लक्ष्य नै जित्ने थियो। अन्तिम समयमा त्यो भयो। तर एएफसी छनोटको लागि अझै हामी स्योर भइसकेका छैनौँ। अझै सातौँ चरणको खेल बाँकी नै छ।’
आज मनाङले जित निकाल्न सकेको भए उसले एएफसी कपको छनोट खेल्ने निश्चित हुन्थ्यो। तर उसले जित निकाल्न सकेन। उसको यो हारपछि अब एएफसी कप छनोट खेल्ने टिमको टुंगो सातौं राउन्डमा मात्र लाग्ने भएको छ।
आजको हारपछि मनाङका प्रशिक्षक राजेन्द्र तामाङले खेल सुरुमा दबाब बनाए पनि दोस्रो हाफमा दबाब कायम राख्न नसकेको बताएका छन्। ‘सुरुआति मिनेटमा हामीले दबाब बनायौँ तर हामीले बल धेरै नखेल्ने भनेर तयारी गरेको थियौँ। त्यहाँ नै फल भयो।त्यसले गर्दा गोल पनि बेहायौँ। फर्काउनले समय पनि भएन,’उनले भने।
ठूलो आवाजबीच खेलको १५ औं मिनेटमा अन्जन विष्टले गरेको प्रहार पोस्टको नजिकैबाट बाहिरिएको थियो। मनाङका दयानन्द सिंहले ३४ औं मिनेमा गरेको प्रहार पनि पोस्टको सहि दिशमा रहने सकेन।
पहिलो हाफको अधिकांश समय मैदानबा बीचमै बल गुडे पनि ३९ औं मिनेटमा गोलको सुनौलो अवसर गुमायो। सुनिल बलले दिएको पासलाई नुर्लान नोभ्रोजुभले गोल गर्न सकेनन्। उनले पोस्टको नजिकै पाएको अवसर गुमाएपछि पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको हो।
आजको खेलमा तीन अंक पाउनका लागि सुरुआतबाटै अट्याकिङ रणनीतिमा खेलेको मनाङका प्रशिक्षक तामाङले बताएका छन्। उनले भने, ‘हामीलाई जसरी पनि अंक लिनु थियो। त्यसको लागि हामीले धेरै अट्याकिङ खेल्यौँ। बराबरी गरे पनि हामीलाई त फाइदा नै हुने थियो। तर हामीले बराबरी पनि गर्न सकेनौँ। आज जितेको भए एएफसी कप स्योर भइसक्थ्यो। हामीले त्यो नै हेरेर खेल्यौँ। अन्तिममा चाहीँ बराबरीका लागि खेलेको भए पनि हुन्थ्यो भने।’
खेलको ५७ औं मिनेटमा विमल डाँगीको क्रसमा विशार राईले गरेको हेडर पनि पोस्टमा छिर्न सकेन। अर्को मिनेटमा पुजन उपरकोटीले प्रहार गरेको फ्रि किकमा दिनेश राजवंशीले गोलको प्रयास गरे पनि असफल रहे।
खेलको ६४ औं मिनेटमा मछिन्द्रको अर्को शसक्त प्रहार गोलकिपरले रोके। सुनिलले पेनाल्टी बक्स बहिरबाट गरेको प्रहार गोलकिपर सुनारको हातफत फर्किएको थियो। उनले पुन प्रहार गरे पनि सुनारले बचाए।
त्यो समयमा मछिन्द्रका प्रशिक्षक कटुवालले पेनाल्टीको अपिल गरेका थिए। उनले फ्रेममा जाँदै गरेको बललाई मनाङका खेलाडीले हातले रोकेको पनि दाबी गरे। ‘बल चाहिँ पोस्टको फ्रेममा जाँदै गर्दा त्यसमा हातले रोकेपछि पेनाल्टी हुन्छ जस्तो लागेको छ। बाहिर हेर्दा पेनाल्टी थियो,’ उनले भने। तर खेलमा त्यस अवस्थामा रेफ्री प्रज्वल क्षेत्रीले पेनाल्टी आवश्यक ठानेनन्।
खेलको निर्धारित ९० मिनेट गोलरहति बराबरी भए पनि स्टपेज समयमा मनाङले गोलको सामना गर्यो। मनाङका आलोवाले अफिजले ह्यान्ड बल गरेपछि पाएको फ्रि किकमा मछिन्द्रले गोल गर्न सकेको थियो।
पेनाल्टी बक्स बाहिरबाट सुनिलले प्रहार गरेको बल सिधै पोस्टभित्र गएर रोकिएका थियो। यससँगै मछिन्द्रले अन्तिम समयमा खेललाई आफ्नो हातमा लियो। यो जितसँगै मछिन्द्रले एएफसी कपमा पुग्ने आफ्नो सम्भावनालाई थप मजबुत बनाएको छ।
‘अझै एक खेल बाँकी नै छ। पछिल्लो खेलमा संकटासँग जितेको भए चाहिँ हाम्रो लगभग खेल्ने पक्का हुन्थ्यो। त्यो बराबरी भएपछि हामी दुई अंक पछि थियौँ। तर आजको जितले एक अंक माथि आएका छौं,’ प्रशिक्ष कटुवालले भने, ‘हामीले रेजिनलाई १८ औं मिनेटमा निकालेर मनिष डाँडीलाई छिराएको कारा चाहिँ अट्याकिङलाई थप बजबुद बनाउनका लागि नै हो।’