बिहीबार, चैत १२, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • उपाधिका लागि फ्रान्स र क्रोएसिया भिड्ने : अर्जेन्टिनालाई हराउनु नै दुवैको सफलता

उपाधिका लागि फ्रान्स र क्रोएसिया भिड्ने : अर्जेन्टिनालाई हराउनु नै दुवैको सफलता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- जारी विश्वकपको फाइनल समीकरण पूरा भइसक्दा फाइनल भिड्ने अन्तिम दुई टोलीको टुंगो लागेको छ । फाइनल खेल आइतबार रुसको राजधानी मस्कोस्थित लुझनिकी स्टेडियममा राति ८:४५ बजे हुनेछ। 

फाइनल पुग्नुअघि जारी विश्वकपको दाबेदार मानिएको अर्जेन्टिनालाई दुवै टोलीले पराजित गरेका थिए । क्रोएसिया जारी विश्वकपमा समूह चरणको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो । अर्जेन्टिना सम्मिलित समूह 'डी'मा रहेको क्रोएसियाले समूह चरणको खेलमा अर्जेन्टिनालाई पराजित गर्दै आफू विश्वकप फाइनलका लागि सक्षम भएको सावित गरिसकेको थियो । समूह चरणको आफ्नो दोस्रो खेलमा अर्जेन्टिनालाई ३-० ले पराजित गरेको थियो । क्रोएसियाका लागि आन्टे रेबिक, लुका मोड्रिक र इभान राकिटिकले समान १-१ गोल गरेका थिए । 

यस्तै, फ्रान्स शीर्ष १६ मा अर्जेन्टिनालाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । प्रि-क्वार्टरफाइनलमा अर्जेन्टिना ४-३ ले फ्रान्ससँग पराजित भएको थियो । फ्रान्सका लागि युवा खेलाडी केलियन बाप्पेले दुई गोल गरे । 

फ्रान्सको विश्वकपमा फाइनल यात्रा यो तेस्रो पटक हो भने क्रोएसियाको पहिलो ऐतिहासिक विश्वकप यात्रा हो । फ्रान्स सन् १९९८, २००६ र २०१८ मा फाइनल पुगेको हो । १९९८ मा आफ्नै माटोमा आयोजना भएको विश्वकपमा फाइनल पुग्दै पहिलो पटक उपाधि जितेको थियो । त्यसपछि २००६ मा जर्मनीमा भएको विश्वकपमा फाइनल पुगेको थियो । फाइनल खेलमा इटालीसँग पेनाल्टी सुटआउटमा ५-३ ले पराजित हुँदै रनरअप भएको थियो । 

क्रोएसिया सन् १९९० पछि युगोस्लाभियाबाट स्वतन्त्र भएपछि १९९८ मा पहिलो पटक सहभागिता जनाएको थियो । १९९८ मा निकै उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल पुगेको थियो । यो नै क्रोएसियाको विश्वकपमा अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट प्रदर्शन थियो । तर, क्रोएसियाले आफ्नै विश्वकप इतिहासलाई तोड्दै पहिलो पटक विश्वकपको फाइनल पुगेको छ । 

जारी विश्वकपमा दुवै टोलीका खेलहरू 

समूह चरण
 
क्रोएसिया

क्रोएसिया २-० नाइजेरिया
क्रोएसिया ३-० अर्जेन्टिना
क्रोएसिया २-१ आइसल्यान्ड 

फ्रान्स

फ्रान्स २-१ अस्ट्रेलिया
फ्रान्स १-० पेरु
फ्रान्स ०-० डेनमार्क

प्रि-क्वार्टरफाइनल

क्रोएसिया १-१ डेनमार्क (३-२ पेनाल्टी)
फ्रान्स ४-३ अर्जेन्टिना

क्वार्टरफाइनल

क्रोएसिया २-२ रुस (४-३ पेनाल्टी)
फ्रान्स २-० उरुग्वे 

सेमिफाइनल

क्रोएसिया २-१ इंल्यान्ड
फ्रान्स १-० बेल्जियम
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।