शनिबार, माघ ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • लगातार खराब प्रदर्शन गरेपछि च्यासलका प्रशिक्षकले भने– टिमलाई राम्रो हुन्छ भने छोड्छु

लगातार खराब प्रदर्शन गरेपछि च्यासलका प्रशिक्षकले भने– टिमलाई राम्रो हुन्छ भने छोड्छु

लगातार खराब प्रदर्शन गरेपछि च्यासलका प्रशिक्षकले भने– टिमलाई राम्रो हुन्छ भने छोड्छु
 |  शनिबार, पुस १०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १०, २०७८

काठमाडौं– c लिगको सुरुआती चार खेलसम्म जितविहीन रहेको हिमालयन शेर्पाले पाँचौं र छैटौं चरणमा लगातार दुई जित निकालेको छ।

National life

शेर्पालाई जित दिलाउन मुतम्मा भ्युनयोलले दुई गोल गरे भने सुरेश कुमालले पनि एक गोल गरे। यता च्यासलका रुमेश बर्तौलाले एक गोल फर्काए। खेलको २५ औं मिनेटमा हिमालयन शेर्पाका मुतम्मा बभ्युनयोले गोल गर्दै टिमलाई अग्रता दिलाए। यससँगै शेर्पा पहिलो हाफमा एक गोलले अघि रह्यो। खेलको ५६ औं मिनेटमा मुतम्बाले नै गोल गर्दै शेर्पाको अग्रता दोब्बर बनाए।

हिमालयन शेर्पाका प्रशिक्षक युगल किशोर राईले च्यासलले खेल सुधार गरेको बताएका छन्। उनले भने, ‘खेलमा हारजित भइनै हाल्छ। यो लेभल भनेको रिजल्टको भन्दा पनि खेल ४०–६० भएको थियो। च्यासलले हामीभन्दा राम्रो खेलेको हो। तर रिजल्ट नै चाहिन्छ। यता च्यासलेले चाहिँ पछिल्लो खेलमा सुधार गरेको छ।’

खेलको ७५ औं मिनेटमा रमेश बर्तौलाले च्यासलको लागि गोल गरे। यससँगै च्यासलले खेलमा फर्कन चाहे पनि ऊ खेलमा फर्कन सकेन। च्यासलको पछिल्लो प्रदर्शनले दर्शक पनि खुसी छैनन्। त्यसैले आज प्रशिक्षकको विरुद्धमा पनि समर्थकहरुले प्लाकार्ड देखाएका थिए।

त्यसबारे उनले भने, ‘हाम्रो टिममा एकमात्र जित छ। हामीले धेरै आकांक्षा राखेका छौं। त्यसले प्रश्नचिन्ह पनि खडा गरेको छ।  दर्शक पनि खुसी छैनन्। उनीहरु आक्रोशित भएका छन्। यसबारे मैले पनि सोच्नु पर्ने भएको छ। टिमलाई दिन सकेको छैन भने मैले छोड्नु नै पर्छ। टिम राम्रो छ। तर गल्तीहरु धेरै भएका छन्। एक खेलको कुरा हो हामी ब्याक हुन सक्छौं।’

Laxmi sunrise bank
kumari

खेलको ८० औं मिनेटमा हिमालयनले अर्को गोल थपेको थियो। यसपटक सुरेश कुमालले गोल गदै हिमालयन शेर्पालाई ३–१ गोलअन्तरको जित दिलाए। हिमालयन शेर्पाका प्रशिक्षक राईले च्यासलले खेल सुधार भए पनि एडप्टेसनमा समय लाग्ने बताएका छन्। उनले भने, ‘आजको खेलमा हाम्रो कम्प्याक्टनेस थियो, त्यो राम्रो छ। तर खेलाडीहरु आफ्नो अनुशासनमा केहि चुकेका छन्। मेरो फर्मेसन, रणनीति र फर्म्याटको एडप्टेसनमा गाह्रो भइरहेको छ। खेलाडीमा सिक्ने कुरामा पनि धेरै कुरामा चुकिरहेका छन्।’

उनले अन्तिममा भने, ‘अरु, प्रदर्शन राम्रो नै छ। गोल हान्ने फरवार्डहरु नै छन्। स्कोरिङ राम्रो भयो भने राम्रो नै होला।’

च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले आजको खेल महत्वपूर्ण रहे पनि खेलाडीले रक्षात्मक खेलेको बताएका छन्। उनले भने, ‘हाम्रो लागि महत्वपूर्ण खेल थियो। हाम्रो खेलाडीले रक्षात्मक खेले। हारेकोमा दुःखी भए पनि खेलाडीको प्रदर्शन राम्रो भएका छ।’


प्रकाशित: Dec 25, 2021| 16:02 शनिबार, पुस १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।