मंगलबार, भदौ २, २०८३

शीतलहरमा दलित विपन्नलाई परालको भर

विष्णुर गाउँपालिका-६ की ६० वर्षीया किसनी देवी सदाका अनुसार सिंगो बस्ती नै जाडोबाट जोगिन यस्तै गरिरहेको छ। उनले भनिन्, ‘ओढ्ने जे-जे ओढे पनि ओछ्यान भने पराल नै प्रयोग भइरहेको छ।’
 |  शनिबार, पुस १०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १०, २०७८

सप्तरी- एक सातायता तराईमा बढेको शितलहरबाट जोगिन यहाँका दलित र विपन्न परिवार परालको भर पर्दै आएका छन्। डस्ना र सिरक किन्ने हैसियत नभएका परिवार जाडो छल्न परालको ओछ्यान बनाएर सुत्दै आएका छन्। 

विष्णुर गाउँपालिका-६ की ६० वर्षीया किसनी देवी सदाका अनुसार सिंगो बस्ती नै जाडोबाट जोगिन यस्तै गरिरहेको छ। उनले भनिन्, ‘ओढ्ने जे-जे ओढे पनि ओछ्यान भने पराल नै प्रयोग भइरहेको छ।’ 

स्थानीय ५० वर्षीय कारो सदा पनि जाडो महिनाभर यसरी नै बित्ने गरेको बताउँछिन्। ‘हामी जस्ता दलित विपन्नलाई जाडो छल्न कहिलेकाही संघसंस्थाहरूले ओढ्ने  वितरण गरेर सहयोग गरे पनि ओछ्याउने कसैले दिदैनन्। केटाकेटीदेखि बुढाबुढी सबै यसरी नै सुत्छौं।’ 

बिहानदेखि बेलुकासम्म चिसो हावा चल्ने, मुटु काम्ने जाडोबाट जोगिन पुस्तौ पुस्तादेखि पराल प्रयोग गर्दै आएको सोही वडाका वडा अध्यक्ष बहादुर सदाले बताए। 

प्रकाशित: Dec 25, 2021| 14:09 शनिबार, पुस १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।