आइतबार, असार २१, २०८३

न्यु डायमन्डलाई चन्द्रागिरीको सहयोग

न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई चन्द्रागिरी नगरपालिकाले व्यायम सामग्री, मेडिकल सामग्री, फ्रिजलगायत सामग्री सहयोग स्वरुप शुक्रबार प्रदान गरेको छ।
 |  शुक्रबार, पुस ९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ९, २०७८

काठमाडौं - न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई चन्द्रागिरी नगरपालिकाले व्यायम सामग्री, मेडिकल सामग्री, फ्रिजलगायत सामग्री सहयोग स्वरुप शुक्रबार प्रदान गरेको छ। करिब चार लाख रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको क्लबका उपाध्यक्ष कुमार राईले जनाएका छन्।

चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र उपमेयर लिशा नकर्मीले क्लबकी अध्यक्ष सुनकेशरी माली र उपाध्यक्ष राईलाई एक कार्यक्रमबीच सामग्री हस्तान्तरण गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर गिरीले उत्कृष्ट महिला भलिबल खेलाडी उत्पादनमा न्यु डायमन्डको योगदान प्रशंसनीय रहेको बताउँदै खेलकुदमा समर्पित एक सफल क्लबलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए।

उपमेयर नकर्मीले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै क्लब पदाधिकारीको मेहनत र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा न्यु डायमन्डका खेलाडीले गरेको प्रदर्शनको उच्च प्रशंसा गरिन्।

क्लबकी अध्यक्ष मालीले सबैको साथ र सहयोगले नै न्यु डायमन्ड अगाडि बढेको बताउदै सहयोगका लागि धन्यवाद दिइन्। उपाध्यक्ष राईले प्राप्त सामग्रीले खेलाडीको प्रशिक्षणमा ठूलो सहयोग पुग्ने बताउदै खेलाडीको स्तरवृद्धिमा पनि सहयोग हुने बताए ।


प्रकाशित: Dec 24, 2021| 16:25 शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।