आइतबार, असार २१, २०८३

बंगलादेशसँग नेपालले पायो २९८ रनको लक्ष्य

सारजाह रंशालामा भर्खरै सम्पन्‍न पहिलो हाफमा बंगलादेशले पूरा ओभर खेल्दै तीन विकेट गुमाएर २९७ रन बनाएको हो।
 |  शुक्रबार, पुस ९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ९, २०७८

काठमाडौं – यूएईमा जारी यू १९ एसिया कप क्रिकेटमा नेपालले २९८ रनको लक्ष्य पाएको छ। सारजाह रंशालामा भर्खरै सम्पन्‍न पहिलो हाफमा बंगलादेशले  पूरा ओभर खेल्दै तीन विकेट गुमाएर २९७ रन बनाएको हो।

खेलमा नेपालका लागि तिलक भण्डारी र मोहाम्मद आदिल आलमले एक,एक विकेट लिए। बंगलादेशका लागि महफिजुल स्लामले १७ रन बनाए भने इफ्तखर हुसैनले २१ रन जोडे।

त्यस्तै, प्रन्तिक वोरिस नविलले शतकीय पारी खेले। उनले १२७ रन बनाउँदा एइच मोल्हले २२ रन जोडे। त्यस्तै ५८ रन बनाएका मोहम्मद फैहिम रियायर्ड आउट भएका छन्।

बिहीबारबाट सुरु भएको एसिया कपमा समूह ए का पहिलो चरणका खेल भइसकेका छन्। त्यस्तै अहिले समूह बीको पहिलो चरणको खेल सकिएको छ। समूह बीमा रहेको बिहीबार श्रीलंकाले कुवेतलाई हराएको हो भने नेपालले बंगलादेशसँग हार बेहोरेको हो।

समूह ए मा भारत र अफगानिस्तानले जित निकालेका छन्।

प्रकाशित: Dec 24, 2021| 16:16 शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।