शनिबार, माघ ३, २०८२

एपीएफ र एनआरटीको रोमाञ्चक बराबरी

‘दुई गोलले अघि रहेको अवस्थामा हामीले होल्ड गरेर खेल्नुपर्ने थियो। तर खेलाडीले गोल गर्छु भने जसरी खेले। त्यसैले हामीले गोल खान पुग्यौँ,’ प्रशिक्षक शाक्यले भने।
 |  शुक्रबार, पुस ९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ९, २०७८

काठमाडौं- विभागीय टिम एपीएफको दबाबबाट अघि बढेको सहिद स्मारक ए डिभिजन लिगको ३६औं खेल बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार दिउँसो भएको खेलमा न्यु रोड टिम एनआरटी र एपीएफले ३-३ को बराबरी खेलेका हुन्। 

National life

बराबरीको खेलपछि एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले तीन अंकका लागि आए पनि एक अंकमा चित्त बुझाउनुपरेको बताए। 

‘दुई गोलले अघि रहेको अवस्थामा हामीले होल्ड गरेर खेल्नुपर्ने थियो। तर खेलाडीले गोल गर्छु भने जसरी खेले। त्यसैले हामीले गोल खान पुग्यौँ,’ प्रशिक्षक शाक्यले भने।

एपीएफका प्रशिक्षक कुमार थापाले रेफ्रीको गल्तीका कारण आफूहरूले पाउनुपर्ने दुई पेनाल्टी नदिइएको आरोप लगाए। त्यस्तै उनले जित्नैपर्ने खेलमा बराबरी भएको बताएका छन्। उनले भने, ‘तीन अंकका लागि खेलेका थियौँ। तर बीचमा ३-१ गोलपछि परेको अवस्थाबाट बराबरी गर्नु नै ठूलो कुरा भयो।’

खेलको ३२औं मिनेटमा एनआरटीले अग्रता बनाएको थियो। मेसुके ओलुमेउले मैदानको बायाँबाट दिएको पासको सदुपयोग गर्दै मिडफिल्डर दर्शन गुरुङले गोल गरेका थिए। दर्शन खेलको म्यान अफ दि म्याचसमेत बनेका छन्।

Laxmi sunrise bank
kumari

एनआरटीले त्यसको पाँच मिनेट नबित्दै अग्रता बनायो। ३७औं मिनेटमा मैदानको दायाँबाट आशिष लामाले दिएको पासलाई पेनाल्टी बक्सभित्र कुनै खेलाडीले भेट्न सकेनन्। तर त्यही मिनेटमा प्रदीप लामाले लामो दुरीबाट दिएको पासमा आशिषले गोल गरे।

यससँगै आशिषले व्यक्तिगत चार गोल पूरा गरेका छन्। उनले बीबीसीविरुद्ध एक गोल गरेका थिए भने उनले फ्रेन्डस् विरुद्ध पनि दुई गोल गरेका थिए। उनले जारी लिगमा सर्वाधिक गोल गरेका अजयी मार्टिन्ससँग बराबरी गरेका छन्।

पहिलो हाफको ४३औं मिनेटमा मेसुकेले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो भने ३९औं मिनेटमा फ्रिकिकमा पाएको अवसर एपीएफले सदुपयोग गर्न सकेन।

दोस्रो हाफको ४८औं मिनेटमा एनआरटीले अग्रता बनायो। बक्सभित्र रहेका मेसुकेले स्टेफेन विनोङलाई बल उपलब्ध गराएका थिए। विनोङले बक्स बाहिर रहेका रन्जन विष्टलाई पास दिएका थिए। विष्टले दर्शनलाई दिएको पासलाई दर्शनले गोलमा परिवर्तन गरेका थिए।

खेलको ५३औं मिनेटमा एपीएफले निकै सुनौलो अवसर गुमायो। गोल स्कोरिङको पोजिसनमा रहेका आशिष छ यार्ड बक्सभित्र लडेपछि एपीएफले बराबरी गर्न सकेन।

यता खेलको ६१औं मिनेटमा एनआरटीले अग्रतालाई बढाएको थियो। वान टू वानको अवस्थामा एपीएफका गोलकिपर युया कुरियामा अघि बढिसकेको मौका छोप्दै मेसकुकले गरेका शक्तिशाली प्रहार गोलकिपरले रोक्न सकेनन्। बललाई रोक्ने प्रयासमा रहेका एपीएफका नवीन लामाले गोल रोक्न सकेनन्।

फेरि एपीएफले खेलको ६५औं मिनेटमा गोल फर्कायो। सनीश श्रेष्ठको फ्री किकमा दिपेश धिमालले गोल गर्दै खेललाई ३-२ गोलअन्तरमा पुर्‍याए। त्यो गोलको चार मिनेटमै एपीएफले अर्को गोल फर्कायो। आशिषको पासमा नवीनले छ यार्ड बक्स भित्रबाट गरेको प्रहार सिधै पोस्टको जालीमा पुगेर रोकियो।

‘पछिलो दुई खेलमा खेलाडीले गल्ती गरे। फ्री किकको अवस्थामा पनि खेलाडीले मार्कमा राखेलको अवस्थामा गोल गर्न छोडिदिएजस्तो देखियो भने अर्को गोलमा पनि रक्षा गर्न सकेनन्,’ खेलपछि प्रशिक्षक शाक्यले भने।

यो बराबरीसँगै दुवै क्लबले समान १-१ अंक बाँडेका छन्। यो एक अंकसँगै एनआरटीको ७ अंक भएको छ भने एपीएफको ५ अंक भएको छ। आजको खेलमा एपीएफले दुई विदेशी खेलाडीलाई मैदानमा उतारेको थियो।

प्रकाशित: Dec 24, 2021| 15:53 शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।