आइतबार, जेठ ६, २०८१

कृषिका स्‍नातक कृष्ण कांग्रेस प्रदेश २ को पहिलो सभापति

२०४६ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका उनले कृषिमा स्‍नातकसम्मको अध्ययन गरेका छन्।
 |  शुक्रबार, पुस ९, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

शुक्रबार, पुस ९, २०७८

जनकपुरधाम- नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनबाट सभापति शेरबहादुर देउवा पक्षका नेता कृष्णप्रसाद यादव विजयी भएका छन्। विजयी भएलगत्तै यादवले कांग्रेसीहरुलाई एकत्रित गरेर पार्टीलाई मजबुत बनाउने आफ्नो लक्ष्य रहेको प्रतिक्रिया दिए।

triton college

उनले पार्टीको व्यवस्थापकीय कमजोरी रहेकै कारण प्रदेश २ मा कांग्रेस कमजोर हुँदै गएको बताए। उनले भने, 'कांग्रेसका लागि प्रदेश २ गढ थियो, तर व्यवस्थापकीय कमजोरीका कारण बिस्तारै कमजोर हुँदै गयो। ती कमजोरीलाई हटाउँदै प्रदेश २ मा पार्टीलाई मजबुत बनाउने जिम्मेवारी अब मैले पूरा गर्छु।’

पार्टीभित्रै नेताकार्यकर्ताले सम्मान नपाएको गुनासो आएको उल्लेख गर्दै कयौं नेताकार्यकर्ता पार्टी नेतृत्व पंक्तिप्रति निराश भएकोसमेत उनले बताए। उनले थपे, 'अब प्रदेश २ मा कांग्रेसका सम्पूर्ण नेताकार्यकर्ताको सम्मान हुन्छ।' उनले पार्टीलाई सक्रिय बनाउन युवालाई समेत सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरे। यादवले भने, 'युवालाई जिम्मेवारी दिएर पार्टीमा सक्रिय बनाउनेछु।’

यादव प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवलाई १४१ मतान्तरले पराजित गर्दै प्रदेश २ सभापतिमा विजयी भएका हुन्। देउवा पक्षका कृष्णले ९९६ मत ल्याएका थिए भने निधि–कोइराला समूहको साथ पाएका रामसरोजले ८५५ मत मात्रै ल्याउन सके।

को हुन् कृष्ण?

corrent noodles
Metro Mart

प्रदेश २ कांग्रेसको सभापतिमा निर्वाचित कृष्ण यादवसँग संविधानसभा सदस्यका साथै रौतहट जिल्ला सभापति भएर दुई कार्यकाल पार्टीलाई नेतृत्व प्रदान गरेको अनुभव छ। रौतहटको गढीमाई नगरपालिकाका वीरनगराका कृष्ण सक्रिय राजनीतिमा लागेको ३२ वर्ष भइसकेको छ। 

२०४६ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका उनले कृषिबाट स्‍नातकसम्मको अध्ययन गरेका छन्।

पारिवारिक वातावरण नै राजनीतिक रहेकाले त्यसको छाप उनीमाथि समेत परेको थियो। कृष्णका बुबा रामचन्द्र राय यादव पनि नेपाली कांग्रेसमा रहेर सक्रिय राजनीति गरे। उनी दुई पटक कांग्रेसबाटै गाविस अध्यक्षमा निर्वाचित भएका थिए। बुबा राजनीतिमा सक्रिय रहेका कारण उनी पनि प्रेरित भएर राजनीतिमै होमिएका थिए।

२०४६ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका उनले कृषिमा स्‍नातकसम्मको अध्ययन गरेका छन्। २०५६ सालदेखि नै नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहँदै आएका उनी २०६४ सालमा रौतहट निर्वाचन क्षेत्र नम्बर ४बाट संविधानसभा सदस्य भएर निर्वाचित भएका थिए। संविधानसभा सदस्य भएको तीन वर्षपछि भएको रौतहट जिल्ला अधिवेशनबाट २०६७ सालमा उनी पहिलो पटक जिल्ला सभापति बनेका थिए। त्यसपछि २०७२ सालमा समेत उनी रौतहट जिल्ला सभापति भएर उनी काम गर्दै आइरहेका थिए।

सभापतिमा पराजित रामसरोजले दिए कृष्णलाई बधाई

नेपाली कांग्रेस प्रदेश २को सभापतिमा पराजित भएका रामसरोज यादवले निर्वाचित सभापति कृष्ण यादवलाई सफल कार्यकालको शुभकामना दिएका छन्। उनले सामाजिक सञ्‍जाल फेसबुकमा एक पोस्ट लेख्दै कृष्णलाई बधाईका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्।

साथै उनले मत दिने सम्पूर्ण मतादातालाई आभार समेत प्रकट गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'प्रदेश २ को सभापति पदका लागि भएको निर्वाचनमा मलाई र मेरो समूहलाई मतदान गर्ने सम्पूर्ण साथीहरुलाई हार्दिक आभार प्रकट गर्दछुँ।’


 

प्रकाशित: Dec 24, 2021| 16:15 शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।