शनिबार, माघ ३, २०८२

माल्दिभ्सविरुद्ध नेपालको सानदार जित

बंगलादेशको ढाकामा शुक्रबार बिहान सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएको हो।
 |  शुक्रबार, पुस ९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ९, २०७८

काठमाडौं- सेन्ट्रल जोन महिलामा नेपालले माल्दिभ्सविरुद्ध सानदार जित निकालेको छ। बंगलादेशको ढाकामा शुक्रबार बिहान सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएको हो।

National life

सुरुबाटै खेलमा दबाब बनाएको नेपालले पहिलो सेटमै २५-११ को सानदार जित निकाल्यो। नेपालका सरस्वति चौधरी र सुनिता खड्काले सानदार प्रदर्शन गरे। नेपालले दोस्रो सेटमा  २५-९ को जित निकाल्यो भने तेस्रो सेटमा माल्दिभ्सलाई २५-५ ले हरायो।

योसँगै नेपालले दुई खेलमा जित निकालेको छ। दुई खेलमा जित निकाल्दै नेपालले पाँच अंक बनाएको छ। पछिल्लो खेलमा नेपालले श्रीलंकाविरुद्ध ३-२ सेटमा जित निकाल्दा दुई अंक जोडेको थियो भने आजको खेलमा ३-० को जित निकाल्दै पुरा तीन अंक आफ्नो बनाएको छ।

नेपालले तेस्रो खेलमा घरेलु टिम बंगलादेशससँग डिसेम्बर २५ मा खेल्नेछ भने समूहको अन्तिम खेलमा उज्ज्वेकिस्तानसँग खेल्नेछ।

यता पुरुषतर्फ शुक्रबार नै नेपालले उज्ज्वेकिस्तानसँग खेल्नेछ। नेपाली पुरुष टिमले पहिलो खेलमा आयोजक बंगलादेशसँग हार बेहारिसकेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 24, 2021| 12:45 शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।