काठमाडौं– एसीसी यू १९ एसिया कप क्रिकेट यूएईमा बिहीबारबाट सुरु भएको छ। प्रतियोगितामा आज नेपालले पहिलो खेल खेल्दैछ।
यूएईको सारजाह रंगशालामा हुने आफ्नो पहिलो खेलमा नेपाले टेस्ट राष्ट्रिय बंगलादेशको सामना गर्न लागेको हो।
यू १९ को विश्वविजेतासमेत रहेको बंगलादेश र नेपालको खेल आज स्थानीय समय ९ बजेबाट सुरु हुनेछ।
नेपाल यो प्रतियोगितामा सेमिफाइनल पुग्ने लक्ष्यका साथ युएई पुगेको छ। नेपाली टिमले टेस्ट देशहरूलाई नै मुस्किल पार्ने किसिमको खेल पस्किने योजना बनाएका छन्।
यस्तो छ नेपालको तालिका:
नेपाल र बंगलादेश, डिसेम्बर २४
नेपाल र श्रीलंका डिसेम्बर २६
नेपाल र कुवेत डिसेम्बर २८