शनिबार, माघ ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ए डिभिजन लिगको छैटौं चरण आजबाट : प्रतिस्पर्धात्मक लिगमा जित्नै पर्ने दबाब

ए डिभिजन लिगको छैटौं चरण आजबाट : प्रतिस्पर्धात्मक लिगमा जित्नै पर्ने दबाब

यो वर्षको सहिद स्मारक ए डिभिजन लिगमा सबै टिम बलियो भएर उपस्थित भएपछि प्रतिस्पर्धा पनि बढेको छ। प्रतिस्पर्धा बढेसँगै सबै टिमलाई हरेक चरणमा जित्नुपर्ने दबाब पनि बढेर गएको छ।
 |  शुक्रबार, पुस ९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ९, २०७८

काठमाडौं– यो वर्षको सहिद स्मारक ए डिभिजन लिगमा सबै टिम बलियो भएर उपस्थित भएपछि प्रतिस्पर्धा पनि बढेको छ। प्रतिस्पर्धा बढेसँगै सबै टिमलाई हरेक चरणमा जित्नुपर्ने दबाब पनि बढेर गएको छ।

National life

‘एक खेल जित्यो भने सातौं आठौँमा पुग्ने तर एक खेल हारेर रेलिगेसनमा पुग्ने भएको छ,’ छैटौं चरणअघिको पत्रकार सम्मेलनमा एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले भने, ‘हाम्रो टिम पनि अहिले त्यस्तै अवस्थामा छ।’

आजको खेलमा पनि न्यु रोड टिम (एनआरटी) र विभागीय टिम एपीएफलाई जितको आवश्यकता छ। उनीहरू जितको लक्ष्यका साथ दिउँसो १ बजेका खेलमा दशरथ रंगशालामा भिड्दैछन्।

एपीएफले पछिल्लो खेलमा एक विदेशी खेलाडीलाई टिममा अनुबन्ध गरिसकेको छ। उसले पेपेलाई पनि टिममा राख्नका लागि काजी प्रक्रिया सकिएको र अब आजको खेलमा खेल्ने प्रशिक्षक रत्नकाजी महर्जनले बताएका छन्।

‘हाम्रो खेल हरेक दिन राम्रो भइरहेको छ। पछिल्लो समय हामीले जित निकालेका छौं। त्यसले पनि खेलाडीको आत्मविश्वास बढेको छ,’ एपीएफका प्रशिक्षक महर्जनले भने, ‘हामीले स्कोर गर्न सकेको थिएनौं। सबै टिम बराबरी जस्तो छ। जसले अवसरलाई सदुपयोग गर्छ। उसले नै जित्ने हो।’

Laxmi sunrise bank
kumari

उनले टिममा अनुबन्ध गरेको गोलकिपर निकै उत्कृष्ट रहेको पनि बताएका छन्।

यता एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले पनि पछिल्लो खेलहरू आफ्नो टिमले राम्रो खेल पनि नतिजा खेलेजस्तो नआएको बताएका छन्। उनले पछिल्लो ट्रेन्ड हेर्दा आफूले पनि हारेको अवस्थामा रेलिगेसनमा जाने भएकाले जितका लागि खेल्ने बताएका छन्।

‘यो निकै महत्त्वपूर्ण खेल छ। तर खेलाडीमा इन्ज्युरीमा छन्। स्टेफेन(विनोङ)लाई पनि चोट लागेको छ। एरिक(विष्ट) भइहाल्यो। अहिलेको फुटबल परिवर्तन भएको छ। ठोकेर जित्ने भनेर भन्न सकिँदैन,’ शाक्यले भने।

उनले विभाग वा कर्पोरेटमा जोडिन सके खेलाडीका लागि राम्रो हुने पनि बताएका छन्। पुलिसले पछिल्लो चरणमा मनाङसँग पोखरा रंगशालामा हार बेहोरेको थियो।

त्यस्तै, आज साँझ पौने ५ बजेबाट सुरु हुने खेलमा फ्रेन्ड् क्लबले विभागीय टिम पुलिसको सामना गर्नेछ। ‘पुलिसले पनि पछिल्लो खेल ३–१ गोलअन्तरले हारेको हामीले पनि त्यहि गोलअन्तरले हारेको हो। त्यसैले हामी दुवैलाई जित खाँचो छ। हामीले जितको लक्ष्यका साथ मैदानमा जानेछौं,’ फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले भने, ‘तर हामी रेलिगेसनमा भएकाले हामीले जित्नैपर्ने छ।’

अहिले लिगमा फ्रेन्ड्स क्लब २ अंकका साथ तालिकाको पुछारमा छ भने पुलिस क्लब ५ अंकका साथ १०औं स्थानमा छ। त्यस्तै, एनआरटी सातौं र एपीएफ ११औं स्थानमा छ।

प्रकाशित: Dec 24, 2021| 07:26 शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।