आइतबार, असार २१, २०८३

पीएम कपमा समूह चरणका खेल सकिए, यी हुन् सेमिफाइनल पुगेका टिम

'ए' र 'बी'का समूह चरणका खेल सकिएसँगै सेमिफाइनल पुग्ने टिमको पनि टुंगो लागेको छ। समूह ए बाट प्रदेश १ र लुम्बिनी प्रदेश सेमिफाइनलमा पुगेका छन् भने समूह बी बाट एपीएफ र सुदुरपश्चिम प्रदेश सेमिफाइनल पुगेका छन्।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

काठमाडौं– चौथो संस्करणको प्रधानमन्त्री(पीएम) कप महिला राष्ट्रिय टी–२० क्रिकेटको सेमिफाइनलको खेल बिहीबार सकिएका छन्।

'ए' र 'बी'का समूह चरणका खेल सकिएसँगै सेमिफाइनल पुग्ने टिमको पनि टुंगो लागेको छ। समूह ए बाट प्रदेश १ र लुम्बिनी प्रदेश सेमिफाइनलमा पुगेका छन् भने समूह बी बाट एपीएफ र सुदुरपश्चिम प्रदेश सेमिफाइनल पुगेका छन्।

शनिबार हुने सेमिफाइनलको पहिलो खेलमा समूह एको विजेता प्रदेश १ ले समूह बीको उपविजेता सुदुरपश्चिमसँग खेल्नेछ।

त्यस्तै, शनिबार नै हुने अर्को सेमिफाइनल खेलमा समूह बीको विजेता एपीएफले समूह एको उपविजेता लुम्बिनी प्रदेशसँग खेल्नेछ।

त्यस्तै, पीएम कपको फाइनल खेल आगामी आइतबार हुनेछ।

प्रकाशित: Dec 23, 2021| 20:38 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।