शनिबार, माघ ३, २०८२

सिल्क ग्रुप र टेलिकम च्याम्पियनसिपको फाइनलमा

राजधानीमा जारी काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन च्याम्पियनसिपको फाइनलमा सिल्क ग्रुप र नेपाल टेलिकम पुगेका छन्।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

काठमाडौं- राजधानीमा जारी काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन च्याम्पियनसिपको फाइनलमा सिल्क ग्रुप र नेपाल टेलिकम पुगेका छन्।

National life

दशरथ रङ्गशालाको कभर्डहलमा भएको सेमिफाइनलमा नेपाल विद्युत प्राधिकरणलाई ३–१ ले पराजित गर्दै सिल्क फाइनल प्रवेश गरेको हो। फाइनल प्रवेश गर्ने क्रममा सुरुको दुई खेल सिल्कका विकास श्रेष्ठ र अनुमाया राईले जित निकाल्दै खेललाई २–० को अग्रता लिए।

विकासले विद्युतका दीपक बोहरालाई २१–१८, २१–१७ ले तथा अनुमायाले विद्युतकी शोभा गौचनलाई २१–१६, १८–२१, २१–१३ ले पराजित गरेका थिए। तेश्रो खेलमा बिद्युतका श्रीप्रसाद धिमाल र राजु महर्जनको जोडीले सिल्कका सुवास अधिकारी र रमेश शेर्पाको जोडीलाई २१–११, २१–१४ ले पराजित गर्दै खेललाई २–१ को अवस्थामा पुर्‍याए।

यस्तै खेललाई आफ्नो पक्षमा पार्ने क्रममा सिल्कका अनुमाया राई र ताशी शेर्पाको जोडीले विद्युतका शोभा गौचन र याम कुमारी गुरुङ्गको जोडीलाई २१–१३, २१–१९ले पराजित गर्दै खेललाई ३–१ ले आफ्नो पक्षमा पार्दै फाईनल यात्रा तय गरेको हो।

काठमाडौं ब्याडमिन्टन एकेडेमीको आयोजना नेपाल ब्याडमिन्टन संघ र काठमाण्डौ जिल्ला ब्याडमिन्टन संघको सहयोगमा भएको च्याम्पियनसिपमा नेपाल आईल कर्पोरेसन र नेपाल टेलिकम विच भएको खेलमा टेलीकमले बाजी मार्दै फाईनलमा सिल्क संगको भेट पक्का गर्‍यो।

Laxmi sunrise bank
kumari

पहिलो खेलमा टेलिकमका रत्नजित तामाङ्गले आयल निगमका बिष्णु कटुवाललाई २१–७, २१–१०ले पराजित गर्दै खेललाई १–०को अवस्थामा पुर्‍याए।

दोश्रो खेलमा आईल कर्पोरेशनकी रशिला महर्जनले टेलीकमकी सिमा राजबंशीलाई २१–१२, २१–८ ले पराजित गर्दै खेललाई एक एकको बराबरीमा ल्याइन्।

 तेश्रो खेलमा टेलिकमका सुरेन्द्र सिंह कार्की र हरिकृष्ण शर्माको जोडीले आईल कर्पोरेशनका लक्ष्मण बिश्वकर्मा र राम बिश्वकर्माको जोडीलाई २१–९, २१–८ ले पराजित गर्दै खेललाई २–१ को अवस्थामा पुर्‍याए। चौथो खेलमा आईल कर्पोरेशनका रशिला महर्जन र सर्मिला कटुवालको जोडीले टेलीकमका जे.टी.गुड्डी कार्की र सिमा राजबंशीको जोडीलाई २१–१२, १६–२१, २१–८ ले पराजित गर्दै खेललाई दुई दुईको अवस्थामा पुर्‍याए।

पाँचौ तथा अन्तिम खेलमा टेलीकमका हरिकृष्ण शर्मा र रत्नजित तामाङ्गको जोडीले आईल कर्पोरेशनका राम बिश्वकर्मा र बिष्णु कटुवालको जोडीमाथि २१–१८, २१–९ को जित निकाल्दै ३–२ का साथ फाईनल यात्रा तय ग¥यो।

फाइनल शुक्रबार दिनको १ बजे हुने कार्यक्रम रहेको छ।

प्रकाशित: Dec 23, 2021| 20:34 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।