आइतबार, असार २१, २०८३

कामना सेवा फुटसल कपमा २४ टोली सहभागी हुने

आयोजक कामना सेवा विकास बैंकले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा २४ टोलीले प्रतिस्पर्धा गर्ने जनाएको छ।कालोपुलस्थित धन्वन्तरी फुटसलमा आयोजना हुने प्रतियोगिता शुक्रबार र शनिबार आयोजना हुनेछ।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

काठमाडौं- पहिलो संस्करणको कामना सेवा फुटसल कप प्रतियोगितामा बैंक तथा वित्तिय संस्थाका २४ टोलीको सहभागिता रहने भएको छ।

आयोजक कामना सेवा विकास बैंकले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा २४ टोलीले प्रतिस्पर्धा गर्ने जनाएको छ।कालोपुलस्थित धन्वन्तरी फुटसलमा आयोजना हुने प्रतियोगिता शुक्रबार र शनिबार आयोजना हुनेछ।

प्रतियोगितामा सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ। समूहको शीर्ष दुई टोलीले प्रिक्वाटरफाइनलमा स्थान बनाउने छन्।

'स्वस्थ्य शरीर स्वस्थ्य मस्तिष्क' भन्ने मर्मलाई आत्मसात गर्दै आयोजना हुन लागेको युवा तथा खेलकुद मन्त्री माननीय महेश्वर जंग गहतराजले समुद्घाटन गर्ने छन्।  यस्तै अखिल नेपाल फुटबल संघका अध्यक्ष श्री कर्मा छिरिङ शेर्पाज्यूबाट खेलको समापन गरिनेछ।

प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन र सञ्चालन खेलपाटीले गर्नेछ भने प्राविधिक सहयोग अखिल नेपाल फुटबल संघ ९एन्फा०को फुटसल कमिटिको रहनेछ।

प्रकाशित: Dec 23, 2021| 20:28 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।