बिहीबार, चैत १२, २०८२

पहिलो हाफ : क्रोएशियाविरूद्ध इङ्ल्याण्डको अग्रता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- रुसमा जारी विश्वकप फुटबल अन्तर्गत क्रोएशिया र इङ्ल्याण्डकबीचको खेलमा पहिलो हाफ सकिएको छ । खेलमा इङ्ल्याण्डले शुरुवाती अग्रता लिएको छ । खेलको पाँचौ मिनेटमा गरेको गोलको अग्रताले पहिलो हाफ सकिँदा इङ्ल्याण्डले क्रोएशिया विरूद्ध १-० को अग्रता लिएको छ । 

डिबक्सबाहिर फल भएपछि क्रोएशियाविरूद्ध इङ्ग्ल्याण्डले फ्री-कीक पाएको थियो। त्यही मौकाको ट्रिपियरले सही सदुपयोग गर्दै खेललार्इ १-० को अन्तरमा पुर्‍याए । 

रुसको राजधानी मस्कोस्थित लुझनिकी रंगशालामा जारी खेलमा क्रोएशिया इङ्ल्याण्डलाई पराजित गरी ऐतिहासिक सफलता हात दाउमा छ। 

ह्यारी केन इंग्ल्यान्डका कप्तान हुन्। जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै लयमा रहेका केन लगभग विश्वकप फुटबलको गोल्डेन बुटको विजेता पनि हुन् । केनले जारी विश्वकपमा ६ गोल गरिसकेका छन्। 

उनले समूह चरणको दोस्रो खेलमा पानामाविरुद्ध ह्याट्रिक गोल गरेका थिए। जारी विश्वकपमा २ वटा ह्याट्रिक गोल भएको छ, जसमा केनको एउटा ह्याट्रिक र अर्को पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोको नाममा छ। सन् २०१५ मा राष्ट्रिय टिममा डेब्यु गरेका केनको यो पहिलो विश्वकप हो। इङल्यान्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनलसम्म आइपुग्दा सबैभन्दा ठूलो योगदान कप्तान केनको छ।

यता, क्रोएशियाले समूह चरणमा जस्तो प्रदर्शन नकआउट चरणमा गर्न सकेको छैन। लुका मोड्रिकको कप्तानीमा रहेको क्रोएसियाले समूह चरणमा राम्रो प्रदर्शन गरेको थियो। समूह चरणको पहिलो खेलमा नाइजेरियालाई २-० गोल अन्तरले पराजित गर्दा कप्तान मोड्रिकले पनि एक गोल गरेका थिए। 

क्रोएशियाले अर्जेन्टिनालाई ३–० गोलले पराजित गर्दा मोड्रिकले एक गोल गरेका थिए। समूह चरणको अन्तिम खेलमा आइसल्यान्डलाई २-१ गोलले पराजित गर्दा मिडफिल्डर मोड्रिकले गोल गर्न नसके पनि उत्कृष्ट प्रदर्शन गरे। त्यस्तै, उनकै महत्वपूर्ण योगदानमा क्रोएशिया विश्वकपको सेमिफाइनलसम्म आइपुगेको हो । सेमिफाइनल खेलमा पनि यी दुई खेलाडीको प्रदर्शन उत्कृष्ट हुने अनुमान गरिएको छ।

पहिलो सेमिफाइनलमा बेल्जियमलार्इ पराजित गर्दै फ्रान्सले फाइनलको यात्रा तय गरेको छ । उपाधिका लागि आजको विजेताले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।