आइतबार, असार २१, २०८३

सेन्ट्रल जोन भलिबल : दुई सेट गुमाए पनि नेपालको सुखद् सुरुआत

बंगलादेशको राजधानी ढाकामा आज (बिहीबार)बाट सेन्ट्रल जोन भलिबल प्रतियोगिता सुरु भएको छ।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

काठमाडौं– बंगलादेशको राजधानी ढाकामा आज (बिहीबार)बाट सेन्ट्रल जोन भलिबल प्रतियोगिता सुरु भएको छ। आजै सम्पन्न पहिलो खेलमा नेपालले श्रीलंकाविरुद्ध संघर्षपूर्ण जित निकालेको छ। पहिलो दुई सेट गुमाएको नेपालले पुनरागमन जित निकालेको हो।

नेपालले पहिलो सेटमा १९ अंक जोड्दा श्रीलंकाले २५ अंक पूरा गरेको थियो। दोस्रो सेटमा नेपालले २१ अंक बनाउँदै गर्दा श्रीलंका जित निकाल्न सफल भयो। तर, तेस्रोबाट श्रीलंका नेपालमाथि हाबी हुन पाएन।

बाँकी सेटमा नेपालले २५–१५, २५–१९ र १५–१३ को जित निकाल्न सफल भयो।  यससँगै नेपालले प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

खेलपछि नेपाली टिमका प्रशिक्षक जगदीश भट्टले आज नेपाल जित्नैपर्ने अवस्थामा रहेको प्रतिक्रिया दिए। भने, ‘हामीले श्रीलंकालाई जित्नैपर्ने दबाब थियो। हामीले १३ औं दक्षिण एसियाली खेलकुदमा पनि श्रीलंकालाई हराएका थियौं। हामी साविक विजेता पनि हौं।’

यद्यपि उनले नेपाली खेलाडीले सन्तोषजनक प्रदर्शन नगरेको पनि बताए। ‘हाम्रा खेलाडीले दबाबमा दुई सेट खेले। हाम्रा खेलाडीले २० प्रतिशत पनि प्रदर्शन गर्न सकेनन्। नेपालको खेल सन्तोषजनक रहेन। हाम्रा खेलाडीको सर्भिस, ब्लक स्पाइक कुनै पनि सन्तोषजनक भएनन्।’

आजको खेलमा नेपालको प्रदर्शन राम्रो नरहे पनि व्यक्तिगत रुपमा शान्ति थारु र सुनिता खड्काको प्रदर्शन राम्रो रहेको प्रशिक्षक भट्टले बताएका छन्। ‘शान्ति र सुनिताको प्रदर्शनले आजको खेलाडीलाई उत्साही बनाएको छ। त्यसैले प्रतियोगिताको पहिलो खेल जित्न सफल भयौँ,’ उनले भने।


प्रकाशित: Dec 23, 2021| 14:39 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।