शनिबार, माघ ३, २०८२

रामोशलाई डबल यल्लो कार्ड, बराबरीमा रोकियो पीएसजी

पेरिस सेन्ट जर्मेन पीएसजीका सेन्ट्रल डिफेन्डर सर्जियो रोमोसले लिग वानमा पहिलो पटक रेड कार्ड(डबल यल्लो) बेहोरेका छन्।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

काठमाडौं– पेरिस सेन्ट जर्मेन पीएसजीका सेन्ट्रल डिफेन्डर सर्जियो रोमोसले लिग वानमा पहिलो पटक रेड कार्ड(डबल यल्लो) बेहोरेका छन्। लियोरेन्तेविरुद्ध खेलको ८६औं मिनेटमा उनले दोस्रो यल्लो कार्ड बेहोरेका हुन्। उनले खेलको ८१औं मिनेटमा विपक्षी टिमका खेलाडीलाई खराब ट्याकल गरेपछि पहेँलो कार्ड पाएका थिए।

National life

र, बुधबार रातिको खेलमा पीएसजी लियोरेन्तेसँग १–१ गोलको बराबरीमा रोकिएको छ। पीएसजीका लागि माउरो इकार्डीले गोल गरे भने लियोरेन्तेका लागि थोमस मोनोकोन्डीले गोल गरे।

यो बराबरीपछि पीएसजीले शीर्षस्थानमा ४६ अंक बनाएको छ। दोस्रो र तेस्रो स्थानका निस र मार्सेको समान ३३/३३ अंक छ। चौथो स्थानको रेन्निसस पीएसजीभन्दा १५ अंक पछि छ।

गएरातिको खेलमा मार्सेले रिम्ससँग बराबरी खेलेको थियो।

प्रकाशित: Dec 23, 2021| 08:22 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।