काठमाडौं– इंग्लिस प्रिमियर क्लब लिभरपुल, चेल्सी र टोटेनहम हट्सपर ईएफएल काराबाओ कपको सेमिफाइनलमा पुगेका छन्।
बुधबार राति लिभरपुलले घरेलु मैदानमा पाहुना टिम लेस्टरसँगै बराबरी खेलेपछि पेनाल्टीमा जित निकाल्दै सेमिफाइनल पुगेको हो। खेलको निर्धारित ९० मिनेटसम्म खेल ३–३ गोलको बराबरी भएको थियो।
लिभरपुलका लागि एलेक्स ओल्जादी च्याम्बरलिन, डियागो जोटा र ताकुमी मिनमिनोले गोल गरेका थिए। यता ज्यामी वर्डीले खेलको नवौं र १३ औं मिनेटमा गोल गरेर सुरुआतमै लेस्टरलाई २–० गोलको अग्रता दिलाएका थिए। पछि लेस्टरकै जेस्म मड्सिनले ३३ औं मिनेटमा गोल गरे पनि उसले अग्रता जोगाउन सकेन।
पेनाल्टीमा ५–४ गोलअन्तरले लिभरपुले अघि रहेपछि उसले सेमिफाइनलमा स्थान बनाएको हो। बुधबार रातिकै अर्को खेलमा चेल्सीले बेन्ट्फर्डलाई २–० गोलले हराएको छ।
पहिलोहाफमा गोलरहित बराबरी रहेको खेलको ८१औं मिनेटमा ब्रेन्टफर्डका पोन्टस जनसनले आत्मघाति गोल गरेपछि चेल्सीले अग्रता बनायो। पछि जर्गिन्होले पेनाल्टीमा पाएको अवसरको सदुपयोग गदै गोल गरेपछि चेल्सीले जितनिकाल्यो।
बुधबार रातिकै अर्को क्वार्टरफाइनल खेलमा टोटेनहमले वेस्टहामलाई २–१ गोलअन्तरले हराएको छ। टोटेनहम हट्स्पर रंगशालामा सम्पन्न खेलमा घरेलु टिमलाई जित दिलाउन स्टेवभेन ब्रग्विन र लुकार मउराले गोल गरे।
वेस्ट हामका जर्रोड बोइनल एक गोल फर्काए।
त्यस्तै, मंगलबार रातिको खेलमा सन्डरल्यान्डलाई हराउँदै आर्सनले सेमिफाइनलमा प्रवेश गरिसकेको छ। अब, जनवरी चारमा हुने सेमिफाइनल खेलमा चेल्सीले टोटेनहमको सामना गर्नेछ भने आर्सनलले लिभरपुलसँग भिड्नेछ।