शनिबार, माघ ३, २०८२

सेन्ट्रल जोन भलिबल : दुई पदकको अपेक्षामा नेपाल

नेपाली महिला तथा पुरुष सिनियर भलिबल टिम अहिले बंगलादेशमा छ। डिसेम्बर २१ बाट सुरु भएको एसियन सिनियर सेन्ट्रल जोन भलिबल खेल्न नेपाल त्यहाँ पुगेको हो।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

काठमाडौं– नेपाली महिला तथा पुरुष सिनियर भलिबल टिम अहिले बंगलादेशमा छ। डिसेम्बर २१ बाट सुरु भएको एसियन सिनियर सेन्ट्रल जोन भलिबल खेल्न नेपाल त्यहाँ पुगेको हो।

National life

नेपाली दुवै टिम पदक जित्ने लक्ष्यका साथ बंगलादेश पुगेका छन्। महिला टिमले स्वर्ण पदकको लक्ष्य राखेको छ भने पुरुष टिम कांस्य पदक भए पनि लिएर आउने दाउमा छ।

‘हाम्रो लक्ष्य भनेको मेडल टच नै हो,’ नेपाली पुरुष टिमका कप्तान इम राना मगर भन्छन्, ‘यो वर्ष टिम थोरै छन्। त्यसमा श्रीलंका र उज्बेकिस्तान केही बलिया छन्। हामी चाहिँ बंगलादेशलाई बिट गर्‍यौँ भने एउटा मेडल पाउँछौं।’ 

सुरुमा पाँच देशले प्रतियोगिता खेल्ने भए पनि माल्दिभ्सले आफ्नो नाम फिर्ता लिएको छ। यसकारण अब नेपालले पहिलो खेलमा आयोजक बंगलादेशको सामना गर्ने भएको हो। त्यसैले अब पुरुषतर्फ चार टिमले मात्र प्रतिस्पर्धा गर्नेछन्। पुरुषमा आयोजक बंगलादेश, नेपाल, श्रीलंका र उज्बेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषतर्फ नेपालले यसअघि पनि दुई कांस्य पदक जितिसकेको छ। तेस्रो संस्करणमा कांस्य जित्यो, चौथो चरणमा उपाधि दाबेदार को रूपमा नेपाल बंगलादेश पुगेको थियो भने तेस्रो भएर फर्कियो। लगातार पदक जितेपछि खेलाडी मोटिभेसन भएका थिए। तर, नेपालमै भएको पाँचौमा नेपाल समूह चरणबाटै बाहिरियो।

Laxmi sunrise bank
kumari

त्यसपछि अहिले यो प्रतियोगिता हुँदैछ। यो वर्षको प्रतिस्पर्धा पाँच टिमबीच राउन्ड रोबिनका आधारमा हुँदैछ। जहाँ फाइनल प्रवेश गर्नका लागि शीर्ष दुईमा पर्नु पर्नेछ। नेपाल चौथो भयो भने पनि तेस्रो स्थानका लागि अर्को खेल खेल्न पाउनेछ।

तर यो वर्ष पनि नेपालको योजना कांस्य भन्दा ठूलो भने छैन। उसो त नेपालले लामो समयसम्म विदेशी प्रशिक्षक ल्याउन सकेको छैन। १३औं दक्षिण एसियाली गेम्स (साग) मा नेदरल्यान्ड्सबाट भलिबल संघले हान अबिङलाई १५ दिनका लागि प्रशिक्षकका रूपमा अनुबन्ध गरेको थियो। 

हानको रणनीतिमा नेपाली खेलाडीले खेल्नै जानेनन्। ‘त्यो १५ दिनमा त प्रशिक्षकले खेलाडी चिनेकै हुँदैन। उसले कुन पोजिसनमा खेल्न सक्छ भन्ने पनि थाहा हुँदैन,’ इमले भने, ‘सायद परिचय भएको थिएन। योपालि चाहिँ एक महिनाको र उहाँ पहिला पनि आइसकेको हुनाले पहिलेको जत्तिको चाहिँ अलि छैन।’

‘तर यो स्तरको प्रशिक्षक ल्याउँदा भलिबल संघले पनि सोच्नुपर्ने हो। अलि धेरै समयमा लागि ल्याउनु पर्ने हो। मलाई लाग्छ एक देखि दुई वर्ष ल्याउन पर्छ,’ उनले थपे।

नेपालका लागि बलिया प्रतिद्वन्द्वी भनेको श्रीलंका र उज्बेकिस्तान हुन्। ‘उनीहरूसँग पनि हामी राम्रो फाइट गर्छौं। र, वेस्ट प्रदर्शन गर्ने नै हो। यद्यपि अभ्यास छोटो भयो चित्तबुझ्दो चाहिँ भएन,’ इमले भने।

यता सेन्ट्रल जोनको साबिक विजात महिला टिमकी कप्तान नेपालको तयारी छोटो भए पनि उपाधि जित्ने लक्ष्य रहेको बताउँछिन्। ‘छोटो समय भए पनि तयारी राम्रो नै मान्नुपर्छ। हामीले पछिल्लो संस्करणमा जस्तै राम्रो टिम बनाउने प्रयास गरेका छौं। पछिल्लो सिजन पनि हामी च्याम्पियन नभएको हो। त्यो उपाधि रक्षा गर्ने हाम्रो लक्ष्य छ।’

नेपालले सन् २०१९ मा उपाधि जित्दा टिमको कप्तानमा अरुणा शाही नै थिइन्। तर त्यो सिजन थोरै क्लब भएकाले नेपाललाई सहज भएको थियो। तर यो वर्ष छ टिम सहभागी हुँदैछन्। त्यस्तै, नेपाली टिमले उज्बेकिस्तानसँग पनि खेल्दैछ। उज्बेकिस्तान नेपालीका लागि नयाँ टिम हो।

‘पछिल्लो सिजन केही सजिलो थियो। टिम थोरै थिए। एउटा श्रीलंका बलियो छ र हामीले कहिले पनि नखेलेको टिम उज्ज्वेकिस्तानसँग पनि खेल्दैछौं,’ उनले भनिन्।

बलिया टिमहरू भए पनि नेपाल यो वर्ष साबिक विजेताका हिसाबले प्रतियोगितामा भाग लिँदैछ। त्यसो साख जोगाउने दबाब नेपाली टिमलाई छ। यद्यपि आफू दबाब नलिइकन खेल्ने कप्तान अरुणा बताउँछिन्, ‘दबाब लिनु भन्दा आफूलाई प्रेरणा दिनु राम्रो हुन्छ। त्यसैले दबाब लिएको छैन। पहिला जितेको अहिले जित्नैपर्छ भन्दा पनि पहिलेको भन्दा राम्रो प्रदर्शन गर्ने हो।’

अहिले टिममा चारजना नयाँ खेलाडी थपिएका छन्। पहिलेका खेलाडी भन्दा पनि राम्रो प्रदर्शन गर्न सक्ने क्षमता भएका नयाँ खेलाडी रहेको अरुणाले बताएकी छन्।

प्रकाशित: Dec 23, 2021| 07:51 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।