बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दार्चुला तुइन प्रकरण : एसएसबीसँगै घटनास्थल पुगेर फर्कियो छानबिन टोली

दार्चुला तुइन प्रकरण : एसएसबीसँगै घटनास्थल पुगेर फर्कियो छानबिन टोली

तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता जयसिंह धामी घटनाको छानबिन गर्न दार्चुला पुगेको सहसचिव जनार्दन गौतम नेतृत्वको टोली गस्कु मालघाट पुगेर सदरमुकाम खलंगा फर्किएको छ।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

धनगढी- तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता जयसिंह धामी घटनाको छानबिन गर्न दार्चुला पुगेको सहसचिव जनार्दन गौतम नेतृत्वको टोली गस्कु मालघाट पुगेर सदरमुकाम खलंगा फर्किएको छ।

भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि घटनास्थल गएको टोली सदरमुकाम फर्किएको टोलीकी सदस्य दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले बताइन्।

छानबिन टोलीसँगै भारतको डिडिहाटका एसएसबी कमाण्डेन्ट महेन्द्र प्रताप नेतृत्वको टोली पनि घटनास्थल गएको बताइएको छ। भारतको धार्चुलाबाट गाडीमा गएको टोली करिब २० किलोमिटर अघि तिउतोला भन्ने ठाउँमा सडक अवरुद्ध भएपछि केहीबेर पैडल यात्रा गरेको थियो। पछि गस्कुबाट गाडी झिकाएर गस्कुसम्म पुगेको थियो। नेपाल तर्फबाट सडक नहुदाँ टोली भारतको बाटो भएर घटनास्थल गएको थियो।

छानबिन टोलीसँगै घटनास्थल जान लागेका दार्चुलाका पत्रकारलाई माथिको आदेश भन्दै एसएसबीले भारतको धार्चुलाबाट फर्काएको थियो। सहमतिपछि नेपाली पत्रकारलाई घटनास्थल जान दिए पनि क्यामेरा बोक्न नदिएको नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष कृष्णसिंह धामीले बताए। क्यामेरा बोक्न दिइएको छैन धामीले भने, ‘मोबाइल भने बोक्न दिएको छ।’ उनले पत्रकारको टोली छानबिन टोलीसँग नभएर छुट्टै गएको बताए।

छानबिन टोलीका सदस्य सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीसँगै सशस्त्र प्रहरी ४४ नम्बर गण दार्चुलाका गणपति सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बम, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्ट पनि टोलीसँगै घटनास्थल पुगेका बताइएको छ।

समितिका संयोजक जनार्दन गौतमले भारतीय एसएसबीको संलग्नता र स्थानीयवासीले भारतीय प्रहरी थानामा दिएको उजुरीको सम्बन्धमा भारतीय पक्षबाट जानकारी लिएको बताए।

प्रकाशित: Aug 05, 2021| 19:47 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।