आइतबार, जेठ २१, २०८०

माओवादी प्रदेश १ को अध्यक्षमा नेम्वाङ विजयी

नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) निर्वाचित भएका छन्।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) निर्वाचित भएका छन्।

Everest Bank

अध्यक्षमा १६९ मत प्राप्त गर्दै नेम्वाङ विजयी भएका हुन्। अर्का प्रत्याशी मुक्साहाङ मेन्याङ्बो ६४ मतका मात्रै ल्याउन सफल भए। अध्यक्षको मत गणनामा सात मत बदर भएको थियो।

तीनजना उपाध्यक्षमा मणिकुमार साम्पाङ (१११ ), देवान चाम्लिङ (१२०) र शिवकुमार डाँगी (११३) मतका साथ विजयी भएका छन्। सचिवमा गणेश उप्रेती (सुशील) १४८ मत प्राप्त गर्दै जित हात पार्दा उनका उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत ल्याएका छन्।

तीन सहसचिवमा कुमारी राई (११४), सागर किराँती (७३) र ऋषिराम ढुंगाना (९५) मतका साथ विजयी भएका छन्। कोषाध्यक्षमा रेवतराज पुरी (गगन) ९३ मतका साथ विजयी भए। उनकी प्रतिद्वन्द्वी बन्दना झाँगडले ५७ मत प्राप्त गरेकी छन्।

नौ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए भने २९ जनाको उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ। 

Metro Mart
worldlink

 मंसिर २५ र २६ गते भएको प्रदेश अधिवेशनले २५९ जनाको कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको नेकपा माओवादी केन्द्रले पदाधिकारी भने सहमतिमा छान्न सकेको थिएन। पटक‒पटक भएको छलफलमा पदाधिकारीमा सहमति नजुटेपछि बुधबार राती मतदान भएको हो। नेम्वाङ अर्थमन्त्री जर्नादन शर्माका स्वकीय सचिवसमेत हुन्।

प्रकाशित: Dec 23, 2021| 06:50. 00 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।