काठमाडौं- आयोजक बंगलादेशले लगातार दोस्रो पटक यु–१९ साफ च्याम्पियनसिपको उपाधि हात पारेको छ।
ढाकामा भएको फाइनल खेलमा बंगलादेशले भारतलाई १–० ले पराजित गर्दे घरेलु भूमिमा उपाधि जितेको हो।
यसअघि भुटानमा भएको यु–१८ साफमा नेपाललाई पराजित गर्दै बंगलादेशले उपाधि जितेको थियो। त्यसपछिको संस्करण कोरोना भाइरसका कारण हुन नसकेपछि साफले यु–१९ साफ प्रतियोगिता गरेको हो।
बंगलोदशको जितमा मोगिनीले ८० औं मिनेटमा निर्णायक गोल गरिन्। खेलमा दुबै टोलीले केहि अवसर बनाएपनि सदुपयोग गर्न सकेनन्। सिंगल राउण्ड रोबिनको आधारमा भएको प्रतियोगितामा ५ टोलीको सहभागीता रहेको थियो।
बंगलादेश विजेता हुँदा भारत उपविजेतामा सिमित रह्यो। यता, नेपाल तेस्रो स्थानमा रहँदा भुटान चौथो रह्यो भने श्रीलंका पुछारमा रह्यो।