आइतबार, असार २१, २०८३

साफ यु–१९ को उपाधि बंगलादेशलाई

आयोजक बंगलादेशले लगातार दोस्रो पटक यु–१९ साफ च्याम्पियनसिपको उपाधि हात पारेको छ।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

काठमाडौं- आयोजक बंगलादेशले लगातार दोस्रो पटक यु–१९ साफ च्याम्पियनसिपको उपाधि हात पारेको छ। 

ढाकामा भएको फाइनल खेलमा बंगलादेशले भारतलाई १–० ले पराजित गर्दे घरेलु भूमिमा उपाधि जितेको हो। 

यसअघि भुटानमा भएको यु–१८ साफमा नेपाललाई पराजित गर्दै बंगलादेशले उपाधि जितेको थियो। त्यसपछिको संस्करण कोरोना भाइरसका कारण हुन नसकेपछि साफले यु–१९ साफ प्रतियोगिता गरेको हो। 

बंगलोदशको जितमा मोगिनीले ८० औं मिनेटमा निर्णायक गोल गरिन्। खेलमा दुबै टोलीले केहि अवसर बनाएपनि सदुपयोग गर्न सकेनन्। सिंगल राउण्ड रोबिनको आधारमा भएको प्रतियोगितामा ५ टोलीको सहभागीता रहेको थियो। 

बंगलादेश विजेता हुँदा भारत उपविजेतामा सिमित रह्यो। यता, नेपाल तेस्रो स्थानमा रहँदा भुटान चौथो रह्यो भने श्रीलंका पुछारमा रह्यो। 

प्रकाशित: Dec 22, 2021| 21:00 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।