काठमाडौं- इन्डोनेसियामा आयोजना हुने १८ औं एसियाली खेलकुदको तयारीका लागि कोरियामा रहेको नेपाली तेक्वान्दो टोलीले पोहाङ वर्ल्ड युनिभर्सिटी तेक्वान्दो र खुला च्याम्पिनसिपमा २ रजत र २ कास्य पदक जितेको छ।
नेपालका लागि अनुज पुजारी र अस्मिता खड्काले रजत तथा सागर गुभाजु र ज्ञानेन्द्र हमालले कास्य पदक जितेको नेपाली टोलीका प्रशिक्षक दीपक विष्टले जानकारी दिए।
अनुजले ८७ केजी तौल मूनि रजत पदक जितेका हुन भने अस्मिताले ४९ केजी तौल मूनी रजत पदक जितेकी हुन। त्यस्तै ६३ केजी तौल समूहमा सागरले कास्य पदक जिते।
ज्ञानेन्द्रले ७४ केजी तौल मूनी कास्य पदक प्राप्त गरे। प्रशिक्षक बिष्टले नेपाली खेलाडीले आउने केहि दिनमा अर्को च्याम्पियनसिपमा भाग लिने बताएका छन्। विष्ट र अर्की प्रशिक्षक संगिना वैद्यको नेतृत्वमा १० खेलाडी कोरियामा प्रशिक्षण लिइरहेका छन्। विष्टका अनुसार नेपाली खेलाडीलाई कोरियाली प्रशिक्षकले पनि प्रशिक्षण दिइरहेका छन्। एसियाड भदौं २ गते देखि इन्डोनेसियामा सुरु हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४