आइतबार, चैत १९, २०७९
  • गृहपृष्ठ
  • प्रदेश
  • नेकपा माओवादी केन्द्र प्रदेश १ को नेतृत्व चयन गर्न मतदान हुँदै

नेकपा माओवादी केन्द्र प्रदेश १ को नेतृत्व चयन गर्न मतदान हुँदै

नेकपा माओवादी केन्द्र प्रदेश १ को नेतृत्व मतदानबाट टुङ्ग्याइने भएको छ।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

विराटनगर‒ नेकपा माओवादी केन्द्र प्रदेश १ को नेतृत्व मतदानबाट टुङ्ग्याइने भएको छ। सर्वसम्मत नेतृत्व चयनका लागि पटक‒पटक भएका बैठक निष्कर्ष विहीन भएपछि बुधबार साँझ ७ बजेबाट मतदान हुने गरी निर्वाचन कार्यतालिका प्रकाशन गरिएको निर्वाचन समितिका संयोजक राजेन्द्र किराँतीले बताए। 

National life insurance

प्रदेश १ को अध्यक्ष पदमा दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ। आधा दर्जनभन्दा बढी आकांक्षी रहेको अध्यक्ष पदमा अन्तिममा हर्कबहादुर नेम्बाङ मिक्सो पाँचथर र मुक्साहाङ मेन्याङ्बो सुनसरीबीच हुने भएको हो। 

तीस जना पदाधिकारीका लागि ४० जना बढी आकांक्षी छन्। निर्वाचनमा २५९ जनाले मतदान गर्ने छन्। निर्वाचनको अन्तिम मतपरिणाम बुधबार राती नै सार्वजनिक गर्नेगरि काम अघि बढाइएको किराँतीले बताए। उनका अनुसार मनोनयन प्रक्रिया केहीबेरमा सुरु हुने छ। 

माओवादी प्रदेश १ को पहिलो अधिवेशन गत मंसिर २५ र २६ गते मोरङको विराटचोकमा सम्पन्न भएको थियो। अधिवेशनमा पदाधिकारी चयन हुन नसकेपछि कार्यदलले टुंगो लगाउने गरी अधिवेशन अन्त्य गरिएको थियो।

प्रकाशित: Dec 22, 2021| 06:06. 12 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।