आइतबार, असार २१, २०८३

आरडब्लु विन्टर स्लाम रेस्लि पुस १७ मा

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा प्रथम आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ प्रतियोगिता पुस १७ गते हुने भएको छ।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

काठमाडौं– नेपाल रिङ रेस्लिङ संघको आयोजनामा प्रथम आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ प्रतियोगिता पुस १७ गते हुने भएको छ।

प्रतियोगिता बुढानीलकण्ठको चुनीखेल मैदानमा हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन्।

प्रतियोगितामा विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा हुने छ। पाँचै विधामा नगद पुरस्कार राखिएको छ। हेभी वेट च्याम्पियनले ८० हजार, हार्डकोर च्याम्पियनले ६० हजार, मिडल वेट च्याम्पियनले ५० हजार, ट्याग टिम च्याम्पियनले ४५ हजार तथा लाइट वेट विजेताले २५ हजार नगद पुरस्कार पाउने छन्।

नुवाकोटे टाइगर, चट्टान, डेभिड, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एन्जल, तन्नु, सिजे, एससी, किङ रोबोर्ट, जोन, बाका, युबिएललगायतका खेलाडीको सहभागिता रहने बताइएको छ।

प्रतियोगितामा बुढानीलकण्ठ नगरपालिका वडा १३ को विशेष सहयोग रहने आयोजकले जनाएको छ। वडा १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठले स्थानीय पर्यटनको प्रवर्द्धनमा प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

महासचिव श्रेष्ठले कोभिडको महामारीले थलिएको पर्यटनलाई माथि उकास्न प्रतियोगिताले मद्दत पुग्ने धारणा व्यक्त गरिन्। आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने छ।

प्रकाशित: Dec 22, 2021| 17:58 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।