आइतबार, असार २१, २०८३

यूएईमा नेपाली क्रिकेट टिमको अभ्यास (फोटोफिचर)

एसीसी यू १९ एसिया कप खेल्न अहिले नेपाली राष्ट्रिय यू १९ पुरुष क्रिकेट टिम युनाइटेड अरब इमिरेट्स (यूएई) छ।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

काठमाडौं– एसीसी यू १९ एसिया कप खेल्न अहिले नेपाली राष्ट्रिय यू १९ पुरुष क्रिकेट टिम युनाइटेड अरब इमिरेट्स (यूएई) छ।

गएको सोमबार यूएई पुगेको नेपाली टिमले आज बुधबार पहिलो दिनको अभ्यास गरेको क्यानले जनाएको छ।

नेपालले अब डिसेम्बर २३ बाट ३१ सम्म यूएईमा समूह चरणका तीन खेल खेल्नेछ। प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका र कुवेत छन्। यो टिम समूह बीमा रहेको छ। समूह एमा भारत, पाकिस्तानसहित अफगानिस्तान र यूएई रहेका छन्। दुवै टिमका विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन्।

टोलीको कप्तानमा देव खनाल छन् भने उपकप्तानमा शेर मल्ल छन्। टोलीमा विवेक यादव, सन्तोष कार्की, अर्जुन कुमाल, प्रकाश जैसी  गुलशन झा, आदिल अन्सारी, वसिर अहमद र अर्जुन साउद छन्। यस्तै दीपेश कँडेल, विवेक राना मगर, तिलक राज भण्डारी र दुर्गेश गुप्ता छानिएको क्यानले जनाएको छ। टिम व्यवस्थापकमा धर्मराज गिरी र प्रशिक्षकमा वसन्त साही छन्।

नेपाली टिम सेमिफाइनलमा पुग्ने लक्ष्यका साथ यूएई प्रस्थान गरेको हो। अब नेपालले पुस ७ गते बंगलादेशसँग खेल्नेछ भने पुस १० गते श्रीलंकासँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा नेपालले कुवेतको सामना गर्नेछ।

प्रकाशित: Dec 22, 2021| 19:15 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।