शनिबार, माघ ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • क्यानका ६ सदस्यले भने– कारबाही फिर्ता गर, साधारणसभा पनि अवैधानिक

क्यानका ६ सदस्यले भने– कारबाही फिर्ता गर, साधारणसभा पनि अवैधानिक

नेपाल क्रिकेट संघ (क्यान) का ६ जना बोर्ड सदस्यले नेपाली राष्ट्रिय क्रिकेट टिमका चार खेलाडीमाथिको कारबाही फिर्ता गर्न माग गरेका छन्।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) का ६ जना बोर्ड सदस्यले नेपाली राष्ट्रिय क्रिकेट टिमका चार खेलाडीमाथिको कारबाही फिर्ता गर्न माग गरेका छन्। बोर्ड सदस्यहरु ऋषिराम गौतम, अमितवीर पाण्डे, करन महतारा, मोहम्मद दाउद अन्सारी, सञ्जय राज सिंह र छुम्बी लामाले बुधबार पत्रकार सम्मेलन गर्दै कारबाही फिर्ताको माग गरेका हुन्।

National life

‘क्यानले नियोजित रुपमा खेलाडीमाथि कारबाही गरेको छ,’ क्यानका सदस्य ऋषिराम गौतमले भने। यसै विषयमा सञ्जय राज सिंहले भने, ‘खेलाडीमाथि कारबाही गर्न तीन बजे बोलाइएको आपतकालिन बैठकमा सदस्यहरुलाई त्यही दिउँसो ११ः५६ मा मात्र जुम लिंक पठाइएको छ। हामीले बैठक बहिस्कार गर्ने अवस्थामा पुगेपछि निर्णय लेखिएको छ। जसले प्रतिवेदन पेश गर्यो, उसले नै कारबाहीको प्रस्ताव राखेर नियोजित रुपमा कारबाही गरिएको छ।’

क्यानले ज्ञानेन्द्र मल्ललाई कप्तानीबाट हटाउने, दिपेन्द्र सिंह ऐरीलाई उपकप्तानबाट हटाउने निर्णय गरेको थियो। त्यस्तै दुई खेलाडीसँगै सोमपाल कामी र कमल सिंह ऐरीलाई पनि २०२२ को ६ महिनासम्म सेन्ट्रल कन्ट्र्याक्टबाट बाहिर राख्ने कारबाही गरेको थियो।

उनीहरुले क्यानको विरुद्धमा मिडियामा बोलेको छानविन समितिको निष्कर्ष थियो। यता, बुधबारको पत्रकार सम्मेलनमा क्यानका ६ सदस्यहरुले यही पुस १४ र १५ गते धनगढीमा हुन लागेको साधारणसभा पनि अवैधानिक भएको दाबी गरेका छन्। ‘मिति नाघेका अधिकांश जिल्ला र प्रदेश समितिको साधारणसभा भएका छैनन्। पहिले तिनिहरुको साधारणसभा भएर पछि केन्द्रको हुनुपर्ने हो नि होइन?’ सदस्य गौतमको प्रश्न छ।

अहिले क्यानको २० जिल्ला समितिहरुमा निर्वाचान भएको छैन। सात जिल्लामा पुनः निर्वाचन भएको छ भने नयाँ सदस्यता पाएपछि ५ जिल्लामा मात्र निर्वाचन भएको छ। त्यस्तै, ६ जिल्लाले पूर्ण सदस्यता नपाएको अवस्था छ। ‘यस्तो प्रतिनिधिलाई राखेर गरिएको साधारणसभा पनि अवैधानिक नै भयो,’ गौतमले भने, ‘तर हामीसँग यसको समाधान नभएकाले हामी साधारणसभामा भाग लिन्छौं र अहिलेको क्यानको स्वेच्छाचारिताबारे प्रतिनिधिहरुलाई सम्झाउँछौं।’

Laxmi sunrise bank
kumari

क्यानको साधारणसभा सुरु हुन एक हप्ता पनि बाँकी छैन। तर विधानअनुसार २१ दिनपूर्व नै साधारणसभाको बैठकको छलफलका विषय, स्थान, मिति र समय उपलब्ध हुनुपर्छ। क्यानले अहिलेसम्म पनि सदस्य र साधारसभाका प्रतिनिधिलाई एजेन्डा उपलब्ध नगराएको ती सदस्यहरुको भनाइ छ।

प्रकाशित: Dec 22, 2021| 16:56 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।