काठमाडौं– बंगलादेशमा आयोजना हुने बि–जी कराँते च्याम्पियनसिप २०२१ मा सहभागी हुन जाने कराँते टोलीको बिदाइ गरिएको छ। बंगलदेश जाने १५ सदस्सीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले बुधबार बिदाइ गरेका हुन्।
बंगलादेश गोजुरियो कराँते महासंघको सहयोग तथा बंगलादेश बशप संघको आयोजनामा हुने च्याम्पियनसिपका लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
बंगलादेश जाने टोलीमा राम कुमार श्रेष्ठ टिम व्यवस्थापकमा रहेका छन्। यस्तै प्रशिक्षकमा श्याम रोका, खेलाडीहरूमा राजदेव बमजन (६५ केजी), धेजेन डोल्मा तामाङ्ग (४५ केजी), ग्याल्मो सोमिका लामा (३५ केजी), युरोदिश रोका (६० केजी), पासाङ्ग तामाङ्ग (७० केजी), रविन्द्र कुँवर (खुल्ला) तथा उमेश भण्डारी (५५ केजी) रहेका छन्।
यस्तै निर्णायकमा छत्रबहादुर आले मगर, रामचन्द्र गुरुङ्ग, नारायण श्रेष्ठ, प्रकाश तामाङ्ग लामा, मिङ्गमा तामाङ्ग र गणेश लाल श्रेष्ठ रहेका छन्।
मुजिबको सयौं जन्मोत्सवको उपलक्ष्यमा आयोजना गरिएको च्याम्पियनसिप २७ देखि २९ डिसेम्बरसम्म हुनेछ।
टोलीलाई बिदाइ गर्दै उपाध्यक्ष कोइरालाले खेलाडीले खेल्ने मात्र नभई नेतृत्व विकास पनि गर्नु पर्ने र राष्ट्रको इज्जतलाई उच्च राखेर उपाधि जितेर आउन शुभकामना दिए।