आइतबार, असार २१, २०८३

१० खेलाडीमा सिमित सेभियासँग बराबरीमा रोकियो बार्सिलोना

मंगलबार राति भएको खेलमा बार्सिलोना घरेलु टोली सेभियासँग १-१ गोलको बराबरीमा रोकिँदै अंक बाँडन बाध्य भएको हो।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

काठमाडौं- क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा दश खेलाडीमा सीमित सेभियासँग बराबरीमा रोकिएको छ। 

मंगलबार राति भएको खेलमा बार्सिलोना घरेलु टोली सेभियासँग १-१ गोलको बराबरीमा रोकिँदै अंक बाँडन बाध्य भएको हो। 

खेलमा अग्रता एलेजान्द्रो गोमेजको गोलमा सेभियाले ३२औं मिनेटमा बनायो। उनले पूर्वबार्सिलोनाका खेलाडी इभान राकिटिकको पास सदूपयोग गरे। 

हाफ अघिनै बार्सिलोनाले खेल बराबरीमा ल्यायो। ४५ मिनेटमा औसमाने डेम्बेलेको पासमा रोनाल्ड अरौजोले गोल गर्दै भ्रमणकारी टोलीलाई बराबरीमा ल्याए।  खेलको ६४ मिनेटमा सेभिया १० खेलाडीमा सिमित भयो। उसका जुल्स कोउन्डेले सिधै रातो कार्ड ब्यहोरेका थिए। 

पछिल्लो समय बार्सिलोनाले खराब प्रदर्शन गरिरहेको छ भने सेभिया भने उच्च प्रदर्शन गर्दै उपाधि दाबेदारी प्रस्तुती दिरहेको छ। 

बराबरीसँगै सेभिया १८ खेलबाट ३८ अंकसहित दोस्रो स्थानमा छ। यता, बार्सिलोना समान खेलबाट २८ अंकसहित सातौं स्थानमा छ। गय राति नै भएको भिल्लारियलले डिपोर्टिभो अलाभेसलाई ५-२ अन्तरले पराजित गरेकाे छ।

प्रकाशित: Dec 22, 2021| 08:30 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।